back
NMB ad

रबी लामिछाने रिहाइको माग गर्दै भएको प्रदर्शन रोक्न चितवनमा सर्वदलिय बैठक

Kumari bank ad

भरतपुर । शालिकराम पुडासैनी मृत्यू प्रकरणलाई लिएर प्रहरी अनुसन्धानमा रहेका पत्रकार रवि लामिछाने रिहाइको माग गर्दै नारा जुलुस गर्दा चितवनको अवस्था तनावपूर्ण भएको छ । तनावपूर्ण अवस्था भएपछि नागरिक समाज, नागरिक दल र सुरक्षा निकायको सर्वदलिय बैठक बसेको छ ।

बैठकले अनुसन्धान प्रभावित हुने गरी भइरहेका प्रदर्शन र नारावाजीलाई निरुत्साहित पार्ने निर्णय गरेको छ । प्रहरी चौकी माथि समेत आक्रमण समेत हुन थालेपछि यस्तो कृयाकलाप विरुद्ध सत्तारुढ दल नेकपा र प्रतिपक्षि नेपाली कांग्रेस समेत एक भएर त्यस्ता कृयाकलाप बिरुद्ध कडाई गर्ने निर्णय गरेका हुन् । उनीहरुले अनुसन्धानलाई प्रभाव पार्नेगरी हुल हुज्जत नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशी सहभागी थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख पनि उपस्थित थिए । अदालतवाट म्याद थप भइ आएका ब्यक्तिलाई रिहाईको माग गर्दै भइरहेका प्रदर्शनले चितवनको दैनिक जिवनमा नै असर परीरहेको ठहर गर्दै पक्ष र विपक्षमा हुने यस्ता प्रदर्शन रोक्ने निर्णय वैठकले गरेको छ ।

हेर्नुहोस बिज्ञप्ति

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...