back
NMB ad

नेपाली सेनामा जागिरको अवसरः अधिकृत क्याडेट पदमा २५० जना माग्यो

Kumari bank ad

काठमाण्डौ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा बुधबार २५० जनाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि खुलातर्फ १३१ र अन्य समावेशीतर्फ ११९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

समावेशीतर्फ महिलाका लागि २२, आदिवासी जनजातिका लागि २६, मधेसीका लागि ३१, दलितका लागि १७, पिछडिएको क्षेत्रका लागि ६ र सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ७ वटा कोटा छुट्याइएको छ ।

दरखास्त भदौ ४ गतेबाट नै खुला गरिएको छ भने असोज २ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ । दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म पनि दरखास्त दिन सकिने छ ।

शैक्षिक योग्यता र उमेर
दरखास्त दिनका लागि उम्मेदवारले कम्तीमा प्रमाणपत्र तह वा सो सरह/स्नातक तह वा सो सहर उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रमाणपत्र तह उत्तीर्ण गरेकाको उमेरको हद भने १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै स्नातक तह उत्तीर्ण उम्मेदवारको हकमा भने १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त बुझाउने स्थानहरु
उम्मेदवार आफ्नो दरखास्त काठमाडौँस्थित भर्ना छनोट निर्देशनालय, इटहरीस्थित जंगी हड्डा, पूर्वी पृतना हे.क्वा., धनुषास्थित मध्य पूर्वी पृतना हे.क्वा., हेटौँडास्थित मध्य पृतना हे.क्वा., पोखरास्थित पश्चिम पृतना हे.क्वा., रुपन्देहीस्थित मध्यपश्चिम पृतना हे.क्वा., सुर्खेतस्थित उत्तरपश्चिम पृतना हे.क्वा.र दिपायलस्थित सुदूरपश्चिम पृतना हे.क्वा.मा बुझाउन सक्नेछन।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार ०९:२१ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...