back
NMB ad

शिखर इन्सुरेन्सको नाफा १५.४६% ले वृद्धि

Kumari bank ad

काठमाडौं । शिखर इन्सुरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा वृद्धि गर्दै ४७ करोड २९ लाख ८० हजार पुर्याएको छ ।

अघिल्लो वर्षको तुलनामा नाफा १५.४६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष शिखरले ३९ करोड ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस इन्सुरेन्सको खुद बिमा शुल्क आर्जन भने १.८० प्रतिशतले घटेर १ अर्ब ५६ करोड ३३ लाख ९८ हजार कायम भएको छ । अघिल्लो वर्ष शिखरले १ अर्ब ५९ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

शिखरले यो त्रैमास सम्ममा १ अर्ब ११ करोड ४० लाख १४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । ८१ करोड १६ लाख ६१ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ ।

यस्तै, बिमा कोषको आकार २७.५७ प्रतिशतले बढेर १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको शिखरको जगेडा कोषमा ४५ करोड ७० लाख ८६ हजार रुपैयाँ छ ।

अघिल्लो वर्ष जगेडा कोषमा २१ करोड २५ लाख ९७ हजार रुपैयाँ मात्र थियो । यस आधारमा जगेडा कोष ११५५ ले बढेको देखिन्छ । प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ७३ पैसा रहेको शिखरको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ १७ पैसा छ ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १०:३१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...