back
NMB ad

थाहा छ नि ! एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामी भर्ने आइतबार (भदौ ८ गते) अन्तिम दिन हो ।

एभरेष्टले साउन २९ गतेदेखि लिलामी सेयर खुला गरेको हो । कम्पनीले ३ लाख ८३ हजार २०५ कित्ता सर्वसाधारण समूह र १ लाख ४६ हजार ५७५ हजार कित्ता संस्थापक गरी कुल ५ लाख २९ हजार ७८० कित्ता लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र शिलबन्दी पेश गनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले दोस्रो बजारमा कायम भाउलाई ध्यान दिएर लिलामी आवेदन दिनुपर्ने हुन्छ ।

लिलामी भर्दा सामान्यतयः बजार भाउ भन्दा केही कम मूल्य तोक्ने गरिन्छ । यसबाहेक बजारमा सेयर आपूर्ति अवस्था, अन्य कम्पनीको लिलामी, ब्याजदर, लगानीकर्ताको मनोविज्ञान, लगानी वातावरण, कम्पनीको भावी रणनीति लगायतका पक्षलाई पनि ध्यान दिएर लिलामी भाउ तोक्नुपर्ने हुन्छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं तथा एभरेष्ट इन्सुरेन्सका मुख्य कार्यालय हात्तिसार, काठमाडौंबाट लिलामी भर्न सकिनेछ । यसैगरी, सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, हेटौंडा, जनकपुर, विरगञ्ज, नारायणगढ, पोखरा, बाग्लुङ्ग, घोराही, बुटवल, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर र धनगढी शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीले यसअघि गत जेठ १४ देखि असार १६ गतेसम्म कुल ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर खुला गरेको थियो । जसमा ७६ लाख ८९ हजार ६९५ कित्ता सेयर मात्र बिक्री भएको थियो । बाँकी रहेको ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलामीमा ल्याइएको हो ।

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार ०९:५९ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...