back
NMB ad

नेप्से ४ अंकले बढ्यो तर किन कारोवार घटेयो ?

Kumari bank ad

काठमाडौं । लगातार तीन कारोबार दिन घटेको शेयर बजार चौथो दिन बढेको छ ।नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ४.८७ अङ्कले बढेर १२०८ अंकमा उक्लिएको छ ।

गएको चार कारोबार दिनमा सूचक ११ अङ्कले घटेको थियो।तर बुधवार सूचक करिब पाँच अङ्कले सुधारिएको छ ।मंगलबार १ सय ६७ कम्पनीको आठ लाख ५० हजार कित्ता शेयर कारोबार भयो। २४ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

नियमित शेयर कारोबारमा लगानीकर्ताको सहभागिता न्यून भएको कारण सूचक बढेको भएपनि कारोबार रकम भने २४ करोड रुपैयाँमा खुम्चिएको हो ।

मंगलबार सबैभन्दाबढी एनआइसि एसिया बैंकको शेयर कारोबार भएको छ । बैंकको दुई करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल बैंक दोस्रो भएको छ । बैंकको एक करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

मंगलबार कारोबारको सुरु देखिनै सूचक बढेको थियो ।उपसूचक मिश्रित देखिएका छन । ११ समूहको कारोबारमा दुई समूहको उपसूचक घटेका छन । होटेल ०.४४ अङ्कले घटेको छ भने निर्जीवन बीमा समूहमा ०.२७ प्रतिशतको गिरावट देखिएको छ ।

सबैभन्दा बढी जलविद्युत समूहमा ०.८९ प्रतिशतको वृद्धि देखिएको छ भने सामूहिक लगानीकोषको उपसूचकमा भने कुनै हेरफेर भएन ।

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार १६:५५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...