back
NMB ad

विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालनमा

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रको यातायात सेवा प्रदायक कम्पनी सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

काठमाडौंको चावहिलस्थित उक्त चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मंगलबार उद्घाटन गर्नुभयो ।

कम्पनीले भदौ २३ गतेदेखि राजधानीमा चारवटा विद्युतीय बस चलाउने तयारी गरेको छ । कम्पनी अध्यक्ष भेषबहादुर थापाले उक्त चार्जिङ स्टेसनमा एकपटक ६ वटासम्म सवारी साधन चार्ज गर्न सकिने बताउनुभयो ।

बिजुलीले सवारी साधनको इन्धन खर्च चार गुणासम्म घटाउने उहाँले जानकारी दिनुभयो । थापाका अनुसार अहिले राजधानीमा चल्ने सार्वजनिक बसले दिनमा चार हजार रुपैयाँ जतिको डिजेल खान्छ। विद्युतीय सवारी साधनले सात सय रुपैयाँ बराबरको बिजुली मात्र खपत गर्छ ।

प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय सवारी साधन चार्ज गर्ने व्यवस्था मिलाइएको थापाले जानकारी दिनुभयो । लामो समयको प्रयासपछि आफूहरुले वातावरणमैत्री बस सञ्चालनमा ल्याउन लागेको थापाले बताउनुभयो । कम्पनीले एक करोड ६२ लाख रुपैयाँ पर्ने विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको छ ।

६ वर्षभित्र कम्पनी नाफामा जान सक्ने उहाँको भनाई छ । कम्पनीले सुकेधारा र सीतापाइलामा पनि चार्जिङ स्टेसन निर्माण गरिसकेको जनाएको छ । निकट भविष्यमै प्रदेश ५ को बुटवल र प्रदेश १ को विराटनगरमा विद्युतीय बस सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ।

उक्त चार्जिङ स्टेसनमा चार घन्टामा सवारी साधन चार्ज हुन्छ । सुपर चार्जिङ मेसिन राखेकोले सबै प्रकारका विद्युतीय सवारी साधनका लागि उपयुक्त हुन्छ । -रासस

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार ०९:३२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...