back
NMB ad

जापान रोजगारीः कसरी दिने आवेदन ? हेर्नुहोस् यस्तो छ नमुना प्रश्नपत्र

Kumari bank ad

काठमाडौं । जापानले नेपाली कामदार लैजाने प्रक्रिया औपचारिक रुपमा सुरु गरेको छ । यसका लागि जापानको स्वास्थ्य, श्रम तथा कल्याणकारी मन्त्रालयले परिक्षाको मिति, विषयवस्तु लगायतका विषय सार्वजनिक गरेको हो ।

जस अनुसार नेपालमा आगामी अक्टोवर २७ देखि २९ सम्म, नोभेम्वर ५ देखि ७ सम्म तथा नोभेम्वर १२ देखि १४ सम्म तीन चरणमा पहिलो चरणको नर्सिङ केयरको सीप परिक्षा हुने छ ।

 हेर्नुहोस् यस्तो छ नमुना प्रश्नपत्र [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/japan-qestions-1.pdf” title=”japan- qestions 1″]

सीप परिक्षा एक घण्टाको हुनेछ । त्यस अवधिमा ४५ वटा प्रश्न सोधिने र त्यसमध्ये ४० प्रश्नको लिखित परिक्षा हुनेछ । पाँच वटा प्रश्न रहने प्रयोगात्मक परिक्षामा कम्प्यूटरको माध्यमबाट जाँच हुनेछ । नतिजा परिक्षा भएको एक महिना पछि हुने र उत्तिर्ण हुन न्यूनतम ६० अंक प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

 हेर्नुहोस् यस्तो छ नमुना प्रश्नपत्र[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/japan-qestions-2.pdf” title=”japan- qestions 2″]

यसैगरी जापानी भाषा परिक्षा आधा घण्टाको हुनेछ । दुई–दुई मिनेटका १५ वटा प्रश्न सोधिनेछन। तीन खण्डमा बाँडिएको भाषा परिक्षाका १५ वटा प्रश्न हरेक खण्डमा पाँच–पाँच वटाका दरले सोधिनेछ । भाषा परिक्षाको शुल्क तथा र सीप परिक्षण दुवैको परिक्षा शुल्क एक–एक हजार येन गरी दुई हजार येन तोकिएको छ ।

 हेर्नुहोस् यस्तो छ नमुना प्रश्नपत्र[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/japan-qestions-3.pdf” title=”japan- qestions 3″]

नेपाल र जापानवीच यसअघि भएको सहकार्यको सहमति(एमओसी) अनुसार नेपाली कामदारले जापानमा जापानी नागरिक सरह सेवा सुविधा पाउने उल्लेख छ ।

आवेदनका लागि कामदारले सब्स्क्रिप्सन फर्म भरेपछि क्षेत्रीय अध्यागमन विभागमा आवेदन दिन सक्नेछन् । यस्तो आवेदन अनलाइनमार्फत् दिनुपर्नेछ । आवेदन दिनका लागि www.kyoukai-shinsei.net/GetAccount मा गएर फारम भर्नुपर्ने हुन्छ ।

सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउने बताइएको छ । यस्तो आवेदन दिन नेपालमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गर्नुपर्नेछ ।

नमुना प्रश्नपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/japan-qestions4.pdf” title=”japan- qestions4″]

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १४:५२ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...