back
NMB ad

बैंकहरु सिक्का पैसा लिन मान्दैनन् किन ?

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ ।

नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन ।

ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई दिने गरेको भए पनि ग्राहकको सङ्कलन भएको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरु लिन मान्दैनन ।

बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको माग र सानो २/४ रुपैयाँको कारोबारमा सिक्का नै दिँदै आएका छन । तर, त्यही सिक्का ग्राहकले जम्मा गर्न वा साट्न गए बैंक तथा वित्तीय संस्थाहरुले नसाट्ने गरेको गुनासो स्थानीयले गर्न थालेका छन ।
पुरानो चल्तीमा १, २ रुपैयाँ आउँथ्यो, अहिले पाँच रुपैयाँभन्दा सानो त्यही सिक्का मात्र आउँछ । तर, त्यो सिक्का अहिले बजारमा न त ग्राहकले फिर्ता लिन्छन् न त व्यापारीहरुले नै ।

एक व्यापारी ईश्वरीप्रसाद ज्ञवालीले आफूसँग छ/सात हजार सिक्का पैसा रहे पनि बैंकहरुले साट्न नमानेपछि त्यसै राख्नु परेको बाध्यता सुनाउनुभयो ।

‘ग्राहकले एकरदुई रुपैयाँ सिक्का पैसा दिन्छन, नलिउँ भन्नु पनि भएन’, ज्ञवालीले भने, ‘एकरदुई रुपैयाँ थुपार्दाथुपार्दै अहिले छ÷सात हजार सिक्का पैसा छ । त्यो पैसा न त बैंकले लिन्छ न त ग्राहकले लिन मान्छन ।’

कैलालीको टीकापुर क्षेत्रका लागि नेपाल राष्ट्र बैंकसंँग नोट कोषको कारोबार गर्दै आएको नेपाल बैंक लिमिटेड टीकापुर शाखा प्रबन्धक हरिहरप्रसाद भण्डारीले नेपाल राष्ट्र बैंकको सिक्का पैसा लिने नीतिगत व्यवस्था नभएका कारण आफूहरुले सिक्का पैसा ग्राहकलाई दिने गरेको भए पनि ग्राहकको सिक्का पैसा लिने नगरेको बताउनुभयो ।

‘नेपाल रास्ट्र बैंकले सिक्का पैसा दिने गरेको छ । तर, फिर्ता लिने गरेको चाहिँ छैन’, प्रबन्धक भण्डारीले भन्नुभयो, ‘सिक्का पैसा प्रयोग हुँदै जाँदा त्यसको चमक हराउँदै जान्छ र त्यसको चमक हराएपछि सिक्का पैसाको अस्तित्व नै रहँदैन । पूजा पाठमा प्रयोगका लागि ग्राहकले लिन्छन । नेपाल राष्ट्र बैंकले नलिने भएकै कारण हामीले पनि साट्न छोडेका हौँ ।’

स्थानीय व्यापारी नन्दसिंह विश्वकर्माले ग्राहकबाटै लिएको सिक्का पैसा सङ्कलन गर्दा चाररपाँच हजार रहेको बताउँदै बैंकहरुले नलिने भएपछि त्यो पैसा के गर्ने भन्नेमै अन्योलमा भएको बताउनुभयो ।

‘मसँंग चार/पाँच हजार सिक्का पैसा छ, दुई रुपैयाँको सलाई किन्दा सिक्का नै दिन्छन्, पाँच रुपैया दिँदा तीन रुपैयाँ सिक्का नै दिनुपर्छ तर बैंकले त्यही सिक्का चलाउँदैनन्’, व्यापारी विश्वकर्माले भने, ‘बैंकले सिक्का पैसा साट्दैन भने ग्राहकबाट हामीले कसरी लिने ? लिएर पनि के गर्ने रु नचल्ने हो भने बन्द गर्नु प¥योे नभए ग्राहकको पैसा साटनु प¥यो ।’

धेरैलाई बैंक तथा वित्तीय संस्थाले सिक्का साट्ने नसाट्नेमा जानकारी नै छैन । सिक्का पैसा मागे जति पनि दिने तर, फिर्ता लिने बेला बैंक तथा वित्तीय संस्थाहरुले नलिनु दुःखद् भएको स्थानीय निरा काफ्लेले बताउनुभयो ।

उहाँले अहिले पनि स्थानीय व्यापारी तथा स्थानीय जनतासँग थुप्रै सिक्का पैसा रहेको बताउँदै यही अवस्थामा बंक तथा वित्तीय संस्थाहरुले गैरजिम्मेवार काम गर्न नहुने बताउनुभयो ।

उता, नेपाल राष्ट्र बैंक धनगढी शाखाका कायममुकायम प्रमुख डिल्लीराम पोखरेलले नेपाल राष्ट्र बैंकका लागि बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा नलिने कुरा एकदमै नौलो भएको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकमा सिक्का पैसा व्यवस्थापनका लागि स्टोरको समस्या भएका कारण वाणिज्य बैंकहरुले लिएको सिक्का पैसा नेपाल राष्ट्र बैंकले लिन नसकेको बताउँदै यदि कोही कसैबाट ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले नलिएको उजुरी परेमा कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

‘अहिलेसम्म हामीलाई यस विषयमा कुनै जानकारी नै छैन, यो एकदमै नौलो कुरा हो’, कायममुकायम प्रमुख पोखरेले भन्नुभयो, ‘बजारमा प्रशस्तै सिक्का पैसा छ । त्यो सिक्का पैसा बैंकहरुले साट्नुपर्छ ।’-रासस

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १५:५९ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...