back
NMB ad

यसकारण गरियो एकैपटक १ सय २० शिक्षकलाई जरिवाना

Kumari bank ad

इलाम । एकैपटक जिल्लाका १ सय २० शिक्षकलाई जरिवाना गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाईले समयमै सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जनही पाँच हजारका दरले जरिवाना गरेको हो ।

जरिवाना तोकिएको पाँच हजार रुपैयाँसहित विवरण बुझाउँन शिक्षा विकास तथा समन्वय इकाईले अनुरोध गरेको छ । प्रत्येक आर्थिक वर्ष शुरु भएपछि ४५ दिनभित्र शिक्षक तथा कर्मचारीले सम्पत्ति विवरण भरेर स्थानीय निकाय तथा शिक्षक किताबखानामा बुझाउनु पर्नेमा नबुझाएपछि जरिवानागरिएको समन्वय इकाई इलामले जानकारी दिएको छ ।

शिक्षकले नियुक्ती भएको ९० दिनभित्र आफ्नो व्यक्तिगत विवरण किताब खानामा बुझाएर संकेत नम्बर लिनुपर्ने हुन्छ । अध्यावधिक गर्ने सम्बन्धमा किताबखानाले केही शिक्षकको गलत ठेगाना लेखिएको छ भने कतिपय अवकास भइसकेका शिक्षकका लागि समेत सूचना गरिएकोमा शिक्षकहरुले आपत्ति जनाएका छन् ।

गतवर्ष विवरण नपुगेका शिक्षकले ५ हजार जरिवाना तिरेको भौचरसहित पुनः विवरण पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय कर्मचारी प्रशासन तथा सुशासन प्रर्द्धन शाखामा विवरण आएकाको जानकारी शिक्षा विकास तथा समन्वय इकाई इलामबाट स्थानीय निकायलाई जानकारी गराइएको थियो ।

यस वर्षपनि विवरण पठाइएका शिक्षकलाई एसएमएसमार्फत जानकारी दिने सूचना गरिएपनि हालसम्म जानकारी नआएको शिक्षकको भनाइ छ ।

२०७६ भदौ २२ गते प्रकाशित

वि.सं.२०७६ भदौ २२ आइतवार ०९:४९ मा प्रकाशित

You can share this post!

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...