back
NMB ad

अब चेक नकाटे पनि हुने !

Kumari bank ad

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ ।

बैंकका अनुसार रु दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो । यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।

आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी दिनेछन ।

त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुनेछ । यस्तै खाता भएरनभएको, खातामा पैसा भएर नभएको तथा खातावाल व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल नै अर्को व्यक्तिको खातामा पैसा पठाइदिनेछ ।

यसबाट समयको बचत हुने छ । यस्तो प्रणाली तत्कालका लागि भने ऐच्छिक मात्रै हुनेछ । सबै ग्राहक अभ्यस्त भइसकेपछि पूर्णरुपमा लागू गर्ने केन्द्रीय बैंकको भनाइ छ ।

यस प्रणाली लागू भएपछि चेक क्लियरिङमा कुनै समय लाग्दैन । सामान्यतया चेक क्लियरिङमा २४ घण्टा समय लाग्दै आएको छ ।

यस्तो व्यवस्था तत्कालका लागि भने रु दुई लाख माथिको कारोवारमा मात्रै लागू हुनेछ । त्यसभन्दा तलको परिमाणको रकममा भने चेक आवश्यक पर्नेछ ।

आरटिजिएस प्रणालीमा सबै उपभोक्ता अभ्यस्त भइसकेपछि भने जुनुसुकै परिमाणको रकममा समेत चेक काट्नु नपर्ने अवस्थाको अन्त्य हुनेछ । यो प्रणालीले तत्कालको तत्काल नै रकम जम्मा हुनेछ ।

सो प्रणालीको शुरुआत गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले आरटिजिएस प्रणाली प्रविधिको क्षेत्रमा नयाँ र प्रभावकारी प्रणाली भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो अन्तर्रा्ष्ट्रिय प्रकारको प्रणाली हो । यसले पारदर्शी कारोवार प्रणालीलाई थप व्यवस्थित गर्छ । हामी बैंक तथा वित्तीय संस्थालाई थप व्यावसायिक र पारदर्शी बनाउन लागिपरेका छौँ ।’

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यही भदौ २२ गते नै आरटिजिएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरिसकेको छ ।

राष्ट्र बैंकले यही भदौ १९ गते आरटिजिएस नियमावली ल्याएको थियो । सोही नियमावलीअनुसार नै भदौ २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ । उहाँका अनुसार जुन बैंकको चेक हो, त्यही बैंकको अर्को खातामा साट्दा मात्रै उसै दिन साटिने गरेको छ ।

एउटा बैंकको चेक अर्कोमा साट्दा पैसा जम्मा हुन कम्तीमा पनि एक दिन लाग्ने बाध्यता आरटिजिएस प्रणालीले अन्त्य गरिदिनेछ । कार्यकारी निर्देशक मिश्रले भुक्तानी गर्ने खातावालले मेरो खाता यो बैंकका छ, खाता नम्बर यति हो र भुक्तानी गरिदिनु भनेपछि तत्कालै भुक्तानी हुने बताउनुभयो ।

सामान्यतया एउटा चेक छाप्न ८० पैसासम्म खर्च लाग्ने गरेको छ । बैंकका हजारौँ ग्राहकलाई अनिवार्य रुपमा नै चेक दिनुपर्ने हुन्छ । त्यस आधारमा चेकका लागि नै ठूलो रकम खर्च हुने गरेको छ । -रासस

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १४:४६ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...