काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै खुला तर्फको प्राथमिक तहको अन्तिम नतिजा धमाधम गरिरहेको छ । आयोगले पछिल्लो ४९ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ ।
आयोगले पछिल्लो मंगलवार थप ४ जिल्लाको नतिजा प्रकाशित गरेको छ । देशभरका ७७ जिल्ला मध्ये अब २८ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ ।
गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो ।
साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।
सम्वन्धित समाचारहरु पढ्नुहोस् ।
फेरि आयो थप जिल्लाका प्रावि तहको नतिजा (ताजा अपडेट)
भर्खरै सार्वजनिक भयो अन्य थप जिल्लाका प्रावि तहको अन्तिम नतिजा
एकैपटकमा हेर्नुहोस् ! ४० जिल्लाका प्रावि तहको प्रकाशित अन्तिम नतिजा
शिक्षक सेवा आयोगले फेरि गर्यो प्रावि तहको नतिजा संशोधन, (जिल्ला र नामसहित)
२०७६ असोज ०१ गते प्रकाशित
वि.सं.२०७६ असोज १ बुधवार ०९:३५ मा प्रकाशित