काठमाडौं । एभरेष्ट बैंकको अग्राधिकार सेयर (इबीएलसीपी) को कारोबार रोकिएको छ । बैंकको आग्रहमा नेप्सेले बिहीबार (असोज २ गते) देखि असोज ३० गतेसम्म अग्राधिकार सेयरको कारोबार रोक्का गरेको हो ।
एभरेष्टले अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने भएकाले कारोबार पनि रोकिएको हो । उक्त सेयर असोज ९ गते सर्वसाधारणमा परिवर्तन हुनेछ ।
एभरेष्टले ७ प्रतिशत अग्राधिकार सेयर जारी गरेकामा यसअघि ३ पटक सर्वसाधारणमा परिवर्तन गरिसकेको छ । कुल जारी भएको ७ प्रतिशत सेयर मध्येबाट प्रत्येक ३ वर्षमा २० प्रतिशतका दरले साधारण सेयरमा परिवर्तन गर्नुपर्छ ।
सोही अनुसार अहिले चौथो पटक २० प्रतिशत परिवर्तन गर्न लागिएको हो ।
२०७६ असोज ०२ गते प्रकाशित
वि.सं.२०७६ असोज २ बिहीवार १४:३१ मा प्रकाशित