back
NMB ad

बागलुङमा राँईला पम्मिङ खानेपानी

Kumari bank ad

बागलुङ । सदरमुकाममा खानेपानी समस्या लाई समाधान गर्ने उदेश्यले बागलुङ नगरपालिका–४ पाखाथरमा पम्पिङ प्रविधि बाट खानेपानी पुर्याउने काम सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका–४ तल्लो पाखाथरमा बनेको राँईला पम्पिङ खानेपानी तथा धाराको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुभयो ।

जनताको जनश्रमदान र लगानी कै कारणले खानेपानी योजना सम्पन्न भएको नगर प्रमुख पौडेलले बताउनुभयो । साँच्चै जनताको लगानी र श्रमदान नभएको भए सहजरूपमा खानेपानी खान गाह्रो हुने थियो आज नगरपालिका र स्थानीय उपभोक्ताको साहसलाइ प्रसंसा गर्नुपर्ने पौडेलले बताउनुभयो ।

राँईला खानेपानी तथा सरसफाइ समितिले पाखाथरका ५० घर परिवारलाई खानेपानीको पम्पिङ योजनाको धारा निर्माण गर्न ३० लाख ८१ हजार खर्च भएको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

खानेपानी उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष ध्रुब बहादुर केसी, समाजसेवी कुमार बिक्रम केसी, बागलुङ नगरपालिकाका ईन्जिनियर गौरव शर्मा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, उपभोक्ता समितिका हरिनारायण उपाध्याय लगायतका बक्ताहरूले बागलुङ नगरपालिका र स्थानीय उपभोक्ताको लगानीमा पम्पिङ खानेपानी योजना सम्पन्न भए पछि घर घरमा धारा जडान हुनु ऐतिहासिक काम भएको धारणा व्यक्त गरेका थिए ।

खानेपानी योजनाको लागि जग्गा र खानेपानीको मुहान प्रदान गर्ने गंगा देबी सापकोटा लगायतका सहयोगीहरूलाइ कार्यक्रममा खादा ओढाएर सम्मान गरिएको थियो ।

योजना सफल बनाउन पुरानो मुलको पानी लाई ट्याङ्की निर्माण गरि खानेपानीमा मोटर जडान गरि ४४ घरमा धारा र्पुयाउने काम भएको छ ।

हिजोसम्म एक गाग्री पानी लिनको लागि टाढा टाढा सम्म जानुपर्ने समस्या अहिले पम्पिङ खानेपानी योजना सम्पन्न भए पछि समाधान भएको छ ।

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार १०:३९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...