back
NMB ad

एक महिनामा २० अर्ब ६४ करोडको साधारण सेयर र २ अर्ब ६७ करोड बराबरको बोनस सेयर सूचीकृत

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको धितोपत्रहरु सूचीकृत भएका छन ।
केन्द्रीय बैंकका अनुसार साउनमा २० अर्ब ६४ करोडको साधारण सेयर, २ अर्ब ६७ करोड बराबरको बोनस सेयर सूचीकरण गरिएको हो ।

सैगरी, १५ करोड रुपैयाँको डिबेन्चर पनि सूचीकृत भएका छन । यस अवधिमा धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ बराबरको डिबेन्चर जारी गर्न अनुमति प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेन्जमा गत साउन मसान्तसम्ममा ४ अर्ब ३४ करोड कित्ता सेयर सूचीकृत भएका छन् । यसको चुक्ता मूल्य ४ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

नेप्सेमा बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरुको बजार पुँजीकरणमा ७७.९५ हिस्सा रहेको छ । यसैगरी, जलविद्युतको ६.९५, उत्पादनमूलकको ४.१५, होटेलको १.७५ हिस्सा छ ।व्यापारिक समूहको ०.१५ र अन्य समूहका कम्पनीहरुले ९.३५ हिस्सा ओगटेका छन ।

एक वर्षमा नेप्से सूचक १.१५ ले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा नेप्से सूचकांक १.१५ ले बढेर १२२४ को बिन्दुमा पुगेको थियो ।

तर गत आर्थिक वर्षको साउन महिनामा नेप्से परिसूचक १२१०.३ को बिन्दुमा रहेको थियो । यद्दपि, अहिले असोज पहिलो सातामा नेप्से सूचक घटेर फेरि ११३४ विन्दु आसपासमा रहेको छ ।

धितोपत्र बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा ७.७५ ले वृद्घि भई २०७६ साउन मसान्तमा १५५१ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण १५६७ अर्ब ५० करोड रहेको थियो ।

अहिले असोज पहिलो सातालाई हेर्ने हो भने १४ अर्ब ४१ अर्ब हाराहारीमा झरिसकेको छ । सेयर बजार निरन्तर घटेकाले बजार पुँजीकरण पनि तल गएको हो ।

बजार पुँजीकरणले सामान्य हिसाबमा लगानीकर्ताको सम्पति भन्ने जनाउँछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ साउन मसान्तमा २१७ रहेको छ ।

२०७६ असोज ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार १८:२१ मा प्रकाशित

You can share this post!

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...