back
NMB ad

लक्ष्मी बैंकले २० लाख कित्ता ऋणपत्र बिक्री गर्दै

Kumari bank ad

काठमाडौं । लक्ष्मी बैंकले असोज २३ गतेदेखि २० लाख कित्ता ऋणपत्र (डिबेञ्चर)को बिक्री गर्ने भएको छ ।

कूल १० वर्ष अवधिको तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको प्रति डिबेञ्चर रु १००० अंकित मूल्यका २० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब मध्ये ८ लाख कित्ता अर्थात ८० करोड ऋण पूँजी रकम (५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक बिक्री गर्न लागिएको हो ।
साथै १२ लाख कित्ता डिबेञ्चरले हुन आउने कूल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई व्यक्तिगत तवरले बिक्री गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

बैंकले निष्काशन गरेको डिबेञ्चरमा न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तामा आवेदन दिन सकिने छ । असोज २३ गतेदेखि खुल्ला हुने डिबेञ्चर छिटोमा असोज २७ गते र ढिलोमा कात्तिक २२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड जनाएको छ ।

२०७६असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार ११:३१ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...