back
NMB ad

चीन मोह : प्रधानमन्त्री आउँदै, प्रधानसेनापति जाँदै

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमण सकाएर आज स्वदेश फर्कँदै छन् भने आजै प्रधानसेनापति राजेन्द्र क्षत्री चीन भ्रमणमा जाँदैछन् ।

चीनका जनमुक्ति सेना प्रधानसेनापति फङ फेनघुईको औपचारिक निमन्त्रणामा औपचारिक भ्रमणका लागि प्रधानसेनापति क्षत्री चीन प्रस्थान गर्न लागेका हुन्। नेपाली सेनाको प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रधानसेनापतिले पहिलोपटक चीन भ्रमण गर्न लागेका हुन्। चीन भ्रमणका लागि प्रधानसेनापति क्षत्री आइतबार चीनको छेन्दु हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ। क्षत्रीसहितको उच्चस्तरीय सैनिक टोली चीनको साताव्यापी भ्रमण पूरा गरेर यही चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

आज आफ्नो आठ दिने औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै छन्। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री ओली आइतबार अपरान्ह स्वदेश फर्कन लागेका हुन्।

१४ चैत, २०७२, ९.००

वि.सं.२०७२ चैत १४ आइतवार ११:२४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...