back
NMB ad

१ बजे स्वदेश प्रस्थान गर्ने ‘सी’को यस्तो छ आजको सेड्युल

Kumari bank ad

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

बिहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरुले सामुहिक भेटवार्ता गर्ने छन। त्यसलगत्तै सी र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता हुने कार्यक्रम रहेको छ।

प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहान ११ बजे शिष्टाचार भेट हुनेछ। भेट लगत्तै द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिऐका छ।

सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने बताइएको छ ।

द्विपक्षीय वार्तापछि सी होटल फर्कने र दिउँसो १ बजे विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने सेड्युल छ ।

सीले यस अघि शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

 

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २६ आइतवार ०८:२९ मा प्रकाशित

You can share this post!

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

आज १० जेठ २०८१ बिहिवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:२६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...