back
NMB ad

श्रमिकका हित विपरित चल्ने नीति निर्माता अप्ठेरोमा : लम्साल

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का महासचिव विष्णु लम्सालले श्रमिकका हित विपरित काम गर्ने नीति निर्माताहरु अप्ठेरोमा पर्ने चेतावनी दिएका छन् । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल अन्तर्गत काठमाडौ महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै महासचिव लम्सालले देश निर्माणमा योगदान गर्ने श्रमिकका हित नदेख्ने नीति निर्मातालाई पाखा लगाउनुपर्ने बताए ।

पासाड़ल्यामु कलेज सामाखुशीको प्राड़गणमा सम्पन्न अधिबेसनकाक्रममा निर्माण क्षेत्रमा थुप्रै समस्याहरु भएता पनि यो क्षेत्र उच्च सम्भावना रहेको बताए । क्यूपेक नेपालले बिश्वब्यापी मान्यतालाई चिर्दै असंगठित क्षेत्रको यो यूनियन जिफन्ट परिवार भित्रको दरीलो खम्बाको रूपमा रहेको उनको भनाई थियो ।

कार्यक्रममा क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईटेल, केन्द्रीय सल्लाहकारहरु तेज वहादुर बस्नेत, योगेन्द्र शर्मा, जिफन्ट वागमती अञ्चल अध्यक्ष रामहरि नेपाल, काठमाडौ जिल्ला अध्यक्ष वावुराम पोखरेल, काठमाडौ जिल्ला अन्तर्गतका नगर कमिटी अध्यक्षहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमका अवसरमा क्यूपेक जिल्ला कमिटीको तर्फबाट जिल्ला अध्यक्ष बाबुराम पोखरेलले जिफन्ट ऐक्यबद्धता कोषमा नगद २५ हजार हस्तान्तरण गरेका थिए । त्यस्तै भूकम्प पिडित क्यूपेक नेपालका सदस्य मन्जु धिमिरेलाई ८,५०० हस्तान्तरण गरिएको थियो ।

१४ चैत २०७२ / १२:१०

वि.सं.२०७२ चैत १४ आइतवार २०:५६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...