back
NMB ad

आधा दर्जन वाणिज्य बैंकको घट्यो नाफा, कसको कति ? यस्तो छ कारण

Kumari bank ad

काठमाडौं। अहिलेसम्म गत आर्थिक बर्षको बार्षिक साधारणसभा ६ वटा बाणिज्य बैंकहरुले सकिसकेका छन ।

अहिलेसम्म बैंक अफ काठमाण्डू (बिओके), सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र एनआइसी एसियाले साधारणसभा सकेर शेयरधनीलाई लाभांससमेत बाँडिसकेका छन ।

६ वटा बैंकको अपरिस्कृत र लेखापरीक्षणपछिको हिसाब किताब हेर्दा नाफामा १० करोडसम्मको अन्तर देखिएको छ । यी बैंकले असार मसान्त सकिएपछि अपरिस्कृत हिसाबकिताव सार्बजनिक गरेका थिए ।

साधारणसभा गर्नका लागि लेखापरीक्षण गराउँदा नाफामा केही अन्तर देखिएको हो । राष्ट्र बैंकले नोक्शानी ब्यवस्थापन गर्न लगाउने, कतिपय ठाउँमा जोखिम भारति सम्पत्ति थप्नु पर्नेजस्ता कारणले उनीहरुको नाफा अपरिस्कृत र लेखापरीक्षणपछि घट्ने गरेको हो ।

सानिमा बैंकको भने नाफा सामान्य बढेको छ । अपरिस्कृतमा २ अर्ब २४ करोड ३८ लाख नाफा देखाएको सानिमाको लेखापरीक्षणपछि नाफा २ अर्ब २५ करोड ८० लाख नाफा पुगेको छ ।

बाँकी पाँच बैंकको नाफा भने घटेको देखिन्छ । सबैभन्दा बढि कुमारी बैंकको १० करोड ३६ लाखले नाफा घटेको देखिन्छ । बैंकले अपरिस्कृत नाफा १ अर्ब ३३ करोड ४० लाख देखाएको थियो । लेखापरीक्षण गर्दा नाफा १ अर्ब २३ करोड ३ लाखमा झरेको हो ।

बिओकेको १ अर्ब ९३ करोडको नाफा १ अर्ब ८९ लाखमा झरेको छ। अर्थात नाफा ४ करोड १२ लाख रुपैयाँ घटेको छ। यसैगरी माछापुच्छ्रे बैंकको सबैभन्दा कम अन्तर छ । बैंकको नाफा ६४ लाख ८७ हजारले मात्र घटेको छ ।

बैंकको लेखापरीक्षणपछिको नाफा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ छ । सिटिजन्स बेंकको २ करोड ५२ लाख रुपैयाँले घटेर १ अर्ब ४६ करोड ३२ लाखमा आएको छ भने एनआइसी एसियाको ३ करोडले घटेर ३ अर्ब २ करोड ३२ लाखमा आएको छ ।

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १३:५५ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...