back
NMB ad

शिक्षक नियुक्तिमा रोक लगाएको एक साता पनि नबित्दै खुल्यो विज्ञापन

Kumari bank ad

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्न रोक लगाएको एक साता पनि नबित्दै मध्यनेपाल नगरपालिका लमजु्ङ भोर्लेटारले शिक्षकको विज्ञापन खोलेको छ ।

प्रस्तावित माध्यमिक विद्यालयमा करारमा शिक्षक नियुक्ति गर्नु पर्ने भएकोले विज्ञापन खोलेको नगरपालिकाले जनाएको छ ।

मावि तहको गणित विषयका लागि ३, विज्ञान विषयका लागि २, नेपाली विषयका लागि १ र नेपाली विषयकै निमावि तहका लागि १ जना गरी ७ पदमा विज्ञापन गरिएको हो ।

माविका लागि सम्बन्धित विषयमा स्नातक र निमाविका लागि कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हुनु पर्ने भन्दै गरिएको उक्त विज्ञापनमा अध्यापन अनुमति पत्र अनिवार्य योग्यता उल्लेख गरिएको छ ।

माविका लागि ३५ हजार ९ सय ९० र निवाविका लागि २८ हजार २ सय तलब स्केल सहित गरिएको सो विज्ञापनमा उक्त श्रोत यस बर्षको लागि विनियोजित रकमबाट व्यवस्थापन गर्ने उल्लेख छ ।

आगामी आर्थिक बर्षको असार सम्मका लागि एक बर्षे करारमा नियुक्त गरिने उक्त पदमा कात्तिक १८ गते भित्र आवेदन दिन भनिएको छ ।

२०७६ कात्तिक ०५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ५ मंगलवार १४:४१ मा प्रकाशित

You can share this post!

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...