back
NMB ad

पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारीमा ६ जनाको आवेदन, कस्को सम्भावना कति ?

Kumari bank ad

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाले आवेदन दिएका छन । आवेदन दिनेहरुमा निवर्तमान प्रमुख कार्यकारी चिरायू भन्डारीदेखि राष्ट्र बैंकका अवकाश कर्मचारीसम्म छन ।

राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल, नबिल बैकका पूर्व ब्यवस्थापक ज्ञानेश्वर आचार्य, राष्ट्रिय बाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी र कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य छन ।

पुनर्बीमा कम्पनीमा सरकारी लगानी धेरै भएकाले अर्थमन्त्री निकटहरुको संभावना उच्च छ। अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा सञ्चालक समितिका सचिवका रुपमा पौडेललाई जिम्मेवारी दिइएको थियो।

अहिले पनि पौडेल विश्व बैंकको एक कार्यक्रमअन्तर्गत रहेर अर्थमन्त्रालयमा कार्यरत छन । कम्पनीबाटै अवकाश भएकाले प्राथमिकतामा भन्डारी पनि पर्नेछन ।

शेखर बराल झापाली हुन् र उनीसँग बीमा क्षेत्रको लामो अनुभव छ । बाँकी उम्मेदवारहरुले पनि सरकारी पहुँचका आधारमा आवेदन दिइएको बताइएको छ ।

२०७६ कात्तिक १८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १८ सोमवार ११:२७ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...