back
NMB ad

शेयरमा लगानी गर्नेले सोच्नैपर्छ : दुई हप्तामा आयो दुई पटक चेतावनी

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार अकल्पनीय रुपमा बढ्दै गएपछि गंभीर रुपमा सर्बसाधारण लगानीकर्ताहरुको नाममा सार्वजनिक अपील गर्दै सचेत भएर लगानी गर्न आब्हान गरेको छ । धितोपत्र बोर्डले यो दोस्रो पटक अपील गरेको हो ।

सोमबार नेप्सेले १३८४ को बिन्दु टेकेर फर्कि दुई अंक भन्दा बढीले बजार घटेको दिन सेयर बजारको सर्बोच्च नियमनकारी निकाय धितोपत्र बोर्डबाट यस्तो अपिल जारी भएको हो । आइतबार मात्रै नेप्से २० अंकले बढ्नुका साथै एक अर्ब १४ करोड बराबरको शेयर किनबेच भएको थियो । गत फागुन २७ गते पनि नेप्सेमा ठूलो कारोबार भई नेप्से बढेकोमा पहिलो पटक बोर्डले यसैगरी सजग गराएको थियो ।

बर्डका प्रबक्ता निरज गिरीले जारी गरेको बक्तब्यमा भुकम्प र तराई आन्दोलन आदिले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर गरी देशको आर्थिक बृद्धिदर २ प्रतिशतको हाराहारीमा हुने अनुमान र सूचीकृत कम्पनीहरुको अबस्था पनि सन्तोषजनक नरहेको अबस्थामा अर्थतन्त्रको परिसूचक नेप्से गत असारको तुलनामा धेरै माथि आउनुले आफूहरुलाई सोच्न बाध्य बनाएको उल्लेख छ ।

बोर्डले हल्ला र आधारहिन अनुमानका पछाडि नलागी देशको बिद्यमान आर्थिक परिदृश्य, सूचीकृत संस्थाहरुको आधारभुत बिश्लेषण र जोखिम बहन गर्नसक्ने क्षमतालाई बिचार गरी सजग भएर लगानी गर्न लगानीकर्ताहरुमा आग्रह गरेको छ ।

बिज्ञप्तिमा धितोपत्र बोर्डले बजार बिकास तथा सुधारमा गरेको कार्यले यस प्रकारको बृद्धिलाई केही सहज गरे पनि देशको आर्थिक अबस्था र सूचीकृत कम्पनीहरुको बित्तीय अबस्था आदिलाई हेर्दा यस बृद्धिलाई सजगतापूर्वक लिनुपर्नेमा जोड दिईएको छ ।

१६ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १६ मंगलवार १०:३८ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...