back
NMB ad

कुमारी बैंकको १४ प्रतिशत नाफा बढ्यो

Kumari bank ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सन्तुलित प्रगति गरेको छ । सो अवधिसम्ममा बैंकले ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४.२६ प्रतिशत बढी हो ।गत आर्थिक वर्षको प्रथम त्रैमासको अन्त्यसम्ममा बैंकले ३५ करोड १८ लाख खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको यस बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड १७ लाख रुपैयाँ र शेयरधनी कोषमा २७ करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा ७८ अर्ब ३० करोड २८ लाख निक्षेप सङ्कलन गरेको यस बैंकले ७७ अर्ब २४ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

जसबाट बैंकले ९१ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा १० करोड ८ लाख रुपैयाँ बढी हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६ करोड ६२ लाख रुपैयाँ बढेर ५६ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।बैंकको निष्क्रिय कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा ०.०९ प्रतिशत विन्दु घटेर १.०५ प्रतिशतमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६३ पैसा बढेर १६ रुपैयाँ ८३ पैसा कायम भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.७५ गुणा रहेको छ ।

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार ०९:५७ मा प्रकाशित

You can share this post!

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...