back
NMB ad

हिजो १३ हजार ३ सय पसलका मालिक आज कसरी भए कंगाल ?

Kumari bank ad

एन्टन स्लेकर, जर्मनीको सबैभन्दा ठूलो औषधि पसलका मालिक थिए । उनका औषधि पसलहरुकै संख्या नै १३ हजार ३ सय थियो । उनको औषधि व्यापारले जर्मनीको सो क्षेत्रको व्यापारकै ७० प्रतिशत हिस्सा ओगटेको थियो । उनी देशभरका २६औं धनीमध्ये पर्थे । तर आज उनको नाम धनीहरुको सूचिबाट हटेको पनि करिब ५ वर्षभइसक्यो । व्यापारको दुनियाँमा आज उनको नाम निसाना मेटिएको छ, एकाएक कसरी टाट पल्टिए एन्टन स्लेकर ?

सन् १९४४ अक्टोबर २८ का दिन जर्मनीको इहिन्गेन भन्ने स्थानमा जन्मिएका एन्टनले औपचारिक शिक्षा प्राप्त गर्ने अवसर पाएनन् । तर उनले आफ्नो पिताले सम्हाल्दै आएको पुख्र्यौली मासु पसल चलाउनका लागि भने त्यससम्बन्धी तालिम लिएका थिए । पिताको निधन पछि २५ वर्षको उमेरमा उनले नै त्यो व्यवसाय सम्हाल्दै आए ।

सन् १९७५ मा भने आफ्नो पुख्र्यौली पेशालाई त्यागेर उनले पहिलो औषधि पसल खोले । यसरी पहिलो औषधि पसल खोलेको दुई वर्षपछि नै उनले १ सय वटा शाखाहरु खोलिसकेका थिए । उनका पसलहरुले ठूला ठूला कम्पनीहरु जस्तो कि बच्चाहरुको डायपर, जिलेट रेजर, युनिलिभर, निभिया लगायतका ब्राण्डहरुको सामान पनि साथसाथै बिक्री गर्ने गथ्र्यो जसले गर्दा उनलाई सोचेभन्दा बढी नाफा हुन पुग्यो भने उनका प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले थप शाखाहरु खोल्दै गए ।

उनको पसल जर्मनीमा मात्र सीमित नरहेर अष्ट्रिया, हल्याण्ड, डेनमार्क, हंगेरी, चेक रिपब्लिक लगायतका देशहरुमा पनि खुल्न थालेका थिए । उनको पसल मानिसहरुको रोजाईमा पनि यसकारण पथ्र्यो किनकि उनीहरुले घरमै अर्डर गरेका सामानहरु ल्याइपु¥याउँथे । सन् २००३ सम्ममा उनको मातहतमा  १३ हजार पसलहरु थिए भने ५० हजार मानिसहरुले त्यहाँ काम गर्थे । ६ दशमलव ५५ अर्ब युरो उनीसँग सम्पत्ति रहेको आँकडा सार्वजनिक भएको थियो ।

फुटबलका फ्यान उनी स्पोटर्स कारका सौखिन थिए । उनीसँग एउटा फेरारी, एस्टन मार्टिन, पोर्चे र ज्वगर रहेका छन् । सन् २०११ मा आइपुग्दा एन्टन जर्मनीकै धनीहरुको सूचिमा परिसकेका थिए भने फोब्र्स म्यागेजिनले पनि उनलाई संसारका धनीहरुको सूचिमा उभ्याइदिएको थियो । यति बेला उनीसँग ३ दशमलव ३ अर्ब अमेरिकी डलर रहेको बताइएको थियो । तर, २०१२ को जनवरीमा नै उनी टाट पल्टिएको खबर सार्वजनिक भयो ।

उनको तर्फबाट कम्पनीको प्रतिनिधित्व गर्दै उनकी छोरी माइका स्लेकरले पत्रकार सम्मेलनमा बोल्दै आफूहरु टाट पल्टिएको र आफूहरुलाई व्यवसायमा फर्किन गाह्रो हुने बताइन् । यो पत्रकार सम्मेलन सन् १९९० मा गरिएको पत्रकार भेटघाट पछिकै पहिलो थियो । सम्मेलनमा उनले आफूहरु टाट पल्टिएको र त्यसलाई सुधार्नका लागि केही कम्पनीहरु बन्द गरिने बताएकी थिइन् । त्यसो भनिरहँदा ३० हजार मानिसहरुको जागिर जोखिममा रहेको थियो । यो घोषणा गरेको वर्ष दिनभित्रै उनीहरुले ७ सय कम्पनीहरु बन्द गरे ।

के कारणले उनी टाट पल्टिए भन्ने विषयमा धेरै सार्वजनिक भने भएको छैन । अहिले फेरि उनको बाँकी रहेका पसलहरु पनि बन्द हुँदै गइरहेका छन् । उनको बारेमा त्यति धेरै खबरहरु बजारमा नआएपनि यो वर्षमात्र उनको बाँकी रहेको ६ सय वटा पसलहरु बन्द भएपछि उनी फेरि मिडिया छाएका छन् ।

– इरादा पहाडी, एजेन्सीको सहयोगमा

१७  चैत २०७२, / १: २८

वि.सं.२०७२ चैत १७ बुधवार १३:१३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...