back
NMB ad

मंगलवारदेखि १० दिनसम्म सरकारी विद्यालय बन्द हुने !

Kumari bank ad

काठमाडौं । आउँदो मंगवारदेखि १० दिनसम्म विद्यालय बन्द हुने भएको छ । मंगलवार अर्थात मङ्सिर १० देखि २० गतेसम्म १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

महागढीमाई नगरपालिका–१ स्थित गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिए ।

समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मेला मङ्सिर ३० गतेसम्म चल्नेछ ।

भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारीसमेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनुपरेको प्रमुख यादवले बताए ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल मेला समिति र १४ उपसमिति गठन गरिएको बताए ।

सुरक्षाका लागि करिब एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए । मेलामा ६० सीसी क्यामरा जडान गरिनेछ । पाँच वर्षमा लाग्ने गढीमाई मेलाको चहलपहल बढेको छ ।

२०७६ मंसिर ०६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ६ शुक्रवार १४:३४ मा प्रकाशित

You can share this post!

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:३२

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द   

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:२६

मुम्बई, २७ वैशाख : अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले...

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर   

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:१४

काठमाडौँ, २७ वैशाख : एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)...

सेयर बजारमा ५ अंकको वृद्धि

सेयर बजारमा ५ अंकको वृद्धि

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:११

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...