back
NMB ad

देशका २१ स्थानीय तहले आम्दानी र खर्चको विवरण बुझाउन अटेरी ! (नामसहित)

Kumari bank ad

काठमाडौं । देशका २१ स्थानीय तहले महालेखा नियन्त्रक कार्यालयलाई आम्दानी र खर्चको विवरण बुझाउन अटेरी गरेका छन।

आर्थिक वर्ष २०७५र०७६ को आम्दानी खर्च बुझाउने मिति साउन २५ मा सकिएपनि उनीहरुले अहिलेसम्म विवरण नबुझाएका हुन् ।

महालेखाले स्थानीयत तहलाई खर्चको विवरण राख्न ‘सूत्र’ नामको सफ्टवेयर बनाएर दिएको छ । तर धेरैले उक्त सफ्टवेयर प्रयोग नै गरेका छैनन् ।

महालेखालाई आम्दानी खर्च विवरण नबुझाउने स्थानीय तहको संघबाट प्राप्त हुने अनुदान रोक्का भएको छ ।बजेट, राजस्व संकलन, संघको अनुदान, प्रदेशको अनुदान, आन्तरिक श्रोत, खर्च लगायतका विवरण बुझाउनुपर्ने भएपनि सो विवरण नबुझाउने स्थानीय तहको अनुदान रोक्का गरिएको उप महालेखा नियन्त्रक भेष प्रसाद भुर्तेलले बताए ।

विवरण बुझाउन अटेर गर्ने स्थानीय तहमा सर्लाहीका पाँच स्थानीय तह छन् । सर्लाहीको बिलासी नगरपालिका, रामनगर गाउँपालिका, बसबरिया गाउँपालिका र पर्सा गाउँपालिकाले अहिलेसम्म विवरण बुझाएका छैनन् ।

त्यस्तै कपिलबस्तुको कपिलबस्तु नगरपालिका र कृष्णनगर नगरपालिका, सिन्धुपाल्चोकको इन्द्रावती, पाँचपोखरी थाङपाल र भोटेकोसी गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका, सिराहाको विष्णुपुर गाउँपालिका, बाराको विश्रामपुर गाउँपालिका, धनुषको मिथिला विहारी नगरपालिकाले पनि विवरण बुझाएका छैनन् ।

उदयपुरको बेलका नगरपालिका, इलामको माइजोगमाइ गाउँपालिका, हुम्लाको खर्पुनाथ र सिमिकोट गाउँपालिका, सल्यानको कुमाखमालिका, जाजरकोटको शिवालय र कालिकोटको त्रिवेणी गाउँपालिकाले अहिलेसम्म विवरण नबुझाएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

२०७६ मंसिर ०८ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ८ आइतवार १०:३९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...