back
NMB ad

विवाहका लागि गाउँपालिकाले माग्यो दरखास्त (सूचना सहित)

Kumari bank ad

काठमाडौं । सरकारले नै जनताको विवाह गराइदिने तयारी गरेको सुन्दा अचम्म लाग्न सक्छ। अचम्म नमाने हुन्छ। एक स्थानीय सरकारले युवायुवतीको सामूहिक विावहका लागि दरखास्त आह्वान गरेको छ। सुनसरी स्थित कोशी गाउँपालिकाले विवाह गर्न चाहने उमेर पुगेका युवायुवतीका लागि दरखास्त खोलेको छ।

गाउँपालिका भित्रका विपन्न समुदायलाई लक्षित गरी सामूहिक विवाह कार्यक्रम गर्न दरखास्त आह्वान गरेको गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए। उनका अनुसार मंसिर १७ गतेभित्र नजिकको वडा वा गाउँपालिकाको कार्यालयमा विवाह गर्न चाहनेले नाम दर्ता गराउन सक्ने छन्।

गाउँपालिकाले आवेदन दिएका जोडीहरुको मंसिर अन्तिम साता सामूहिक विवाह गराउने तयारी गरेको अध्यक्ष अन्सारीले बताए। विवाहका लागि अभिभावकको मञ्जुरी अनिवार्य गरिएको छ।

गाउँपालिकाले सामूहिक विवाहका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरको छ। ‘हामीले सूचना निकाली दरखास्त आह्वान गरेका छौं मंसिर अन्तिम साता कोशी कटानमा सार्वजनिक समारोहकाबीच सामूहिक विवाह गरिने छ,’ अध्यक्ष अन्सारीले भने ‘विपन्न परिवारका छोराछोरीको विवाह गर्न गाह्रो नहोस भन्ने हाम्रो उद्देश्य हो।’

सामूहिक विवाह भएपनि हरेक जोडीले आ–आफ्नो परम्परा र विधिअनुसार विवाह गराउने पाउने व्यवस्था गाउँपालिकाले गरेको छ। विवाहमा बेहुला बेहुलीको लागि लत्ताकपडा जन्तीको स्वागत र भोजभतेरमा लाग्ने सबै खर्च गाउँपालिकाले नै व्यहोर्ने छ।

 बेहुला र बेहुली लत्ताकपडाका लागि १०–१० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। विवाहमा केटा पक्षले जन्तीसमेत लिएर आउन पाउने छन्। जन्ती भने ५० जना भन्दा बढी ल्याउन नपाइने नियम छ। सामूहिक विवाह कार्यक्रममा गाउँपालिकाभित्र बसोबास गर्नेहरुले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष अन्सारीले बताए।

विपन्न परिवारले छोरा छोरीको विवाहका लागि ऋण खोजेर धेरै रकम खर्च गर्दा आर्थिक बोझका कारण पछिसम्म समस्या भोगिरहनु नपरोस भनेर  गाउँपालिकाले यो वर्षबाट यस्तो तयारी गरेको अध्यक्षको भनाइ छ।

 यो कार्यमले विवाहकै कारण समाजमा हुने विकृति कम हुने र छोराछोरीको विवाहलाई लिएर  विपन्न परिवारमा हुने समस्याको हल हुने अपेक्षा राखेको गाउँपालिका अध्यक्ष अन्सारीले बताए। (अन्नपूर्ण पोष्टबाट)

२०७६ मंसिर ०९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ९ सोमवार १३:२१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...