back
NMB ad

सेयर बजारमा एक दर्जन कम्पनीको आइपीओ आउँदै, कुनको कति ? (सूचि सहित)

Kumari bank ad

काठमाडौं । सेयर बजारमा ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ४० लाख ६५ हजार ५९६ कित्ता आईपीओ आउने भएको छ ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीमा अधिकांश जलविद्युत् समूहका छन । एउटा बीमा कम्पनी र अर्को क्यापिटल कम्पनी रहेको छ ।

पछिल्लो समयमा सूचिकृत रहेको जलविद्युत कम्पनीमा अधिकांशको सेयर मूल्यमा भारी गिरावट आएको छ । जलविद्युतमा लगानीकर्ताहरुले कमाउने भन्दा पनि बढी गुमाएका छन् ।

जलविद्युत कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको यतिबेला मनोबल निकै गिरेको छ । जसका कारण जलविद्युतमा लगानी कम हुन थालेको छ । १४ वटा पाइपलाइनमा रहेका कम्पनीमा १२ वटा जलविद्युत कम्पनी बोर्डको पाइपलाइनमा रहेका छन् ।

पाइप लाइनमा रहेका कम्पनीमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गतेदेखि नै बोर्डको पाइप लाइनमा छ । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको पनि २०७४ माघ १८ गते बोर्डमा दर्ता भएको थियो ।

बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल रि-इन्सोरेन्सले साधारण सेयर ल्याउने तयारीमा छ । नेपाल रि–इन्स्योन्सले १ करोड ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ ।

यस्तै सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ । विगतको समयभन्दा पछिल्लो समयमा साधारण सेयर आउने क्रम केही घटेको छ ।

सेयर बजारमा आएको गिरावटको कारण आईपीओभन्दा न्यून मूल्यमा दोस्रो बजारमा नै सेयर पाइन थालेको छ । साधारण सेयरमा लगानीगर्न प्रतिकित्ता १०० रुपैयाँ खर्चनु पर्दछ ।

हेर्नुहोस् सूचि :

२०७६ मंसिर ०९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ९ सोमवार १४:२८ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...