back
NMB ad

नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न धादिङका दवाडीसहित ३ जना पक्राउ

Kumari bank ad

काठमाडौँ । नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन दवाडी, चितवनको रत्ननगर नगरपालिका १६ का अमृत खुर्सेली र ओखलढुंगाको रानीवन–७ का सविनकुमार तोलाङ्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

राजधानीको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये दवाडीको साथबाट विभिन्न विद्यालय तथा कलेजको नक्कली प्रमाणपत्र बरामद भएको छ ।

यस्तै अमृतको साथबाट सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हतियार तालिम र विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमणपत्र फेला परेको सीआईबीले जनाएको छ ।

यस्तै विभिन्न व्यक्तिको नामको पासपोर्ट, नेपाल आर्मीले प्रदान गर्ने सिफारिस पत्र पनि बरामद भएको छ । यस्तै तोलाङ्गीको साथबाट प्रहरीले लेख्ने सिफारिस पत्र, नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ।

उनीहरुको साथ नक्कली प्रमणपत्र बनाउन प्रयोग भएका प्रिन्टर, कम्प्युटर, लेटरप्याड लगायतका सामग्री पनि बरामद भएको छ ।

२०७६ मंसिर १३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १४:२५ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...