back
NMB ad

शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द !

Kumari bank ad

काठमाडौं । भानु नगरपालिका–४ स्थित रम्घा बेँसीमा रहेको भानु संस्कृत माविले शिक्षिकाको छोराको बिहेमा विद्यालय नै बन्द गरेको छ । विद्यालयकी शिक्षिका गीतादेवी आचार्यको छोराको बिहेमा आइतबार विद्यालय बन्द गरिएको हो ।

शिक्षिकाको छोराको बिहे परेको र उनले आग्रह गरेकाले एक दिनका लागि विद्यालय बन्द गरेको प्रधानाध्यापक सूर्य मिश्रले बताए ।

उनका अनुसार कर्मचारी बैठक बसी विद्यालय बन्द गर्ने निर्णय भएको हो । ‘विद्यालय र भोजभतेर गर्ने ठाउँ नजिकै छ । भोजभतेर गर्ने ठाउँ नजिक भएकाले विद्यार्थीको पढाइमा असर पर्ने ठान्यौँ, त्यसकारण स्टाफ बैठक बसी विद्यालय बन्द गरिएको हो ।

हिँउदे बिदामा कट्टी हुने गरी बिदा दिएका हौँ,’ उनले भने । बिहेमा बाजा बजाउँदा पढाइमा समेत असर गर्ने भएकाले विद्यालय बन्द गरिएको मिश्रको भनाइ छ ।

शिक्षिकाको छोराको बिहेमा विद्यालय बन्द गरेको विषयमा आलोचना भएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराईले कुनै खास चाडपर्वको समयमा बिदा दिन मिल्ने भए पनि विवाहलाई भन्दै बिदा दिनु अनुचित भएको बताए ।

त्रैमासिक परीक्षा नजिकिँदै गर्दा विद्यालय बन्द हुँदा बालबालिकाको पढाइमा असर परेको अभिभावकको भनाइ छ । भानु संस्कृत माविमा दुई सय १८ जना विद्यार्थी अध्ययनरत छन । (नयाँ पत्रिकाबाट)

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार ०८:१९ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...