back
NMB ad

विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको मृत्यु

Kumari bank ad

काठमाडौं । कपिलवस्तुमा आज बिहान कार दुर्घटना परि एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को बोडगाउँ नजिकै बा ८ च ६३९० नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरका अन्दाजी २९ वर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ ।पाण्डे ग्लोबल आईएमई बैङ्क बनगाइका शाखा प्रमुख रहेको खुलेको छ । पाण्डेले सो कार आफै चलाएका थिए ।

घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ । अरुको चार नम्बरस्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  तीव्र गतिमा रहेको कार अनियन्त्रित भएर सडक नजिकै रहेको विद्युतको पोलमा ठोक्किएको थियो ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १२:२६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...