back
NMB ad

जोडियो ‘प्यूठान–अर्घाखाँची सडक’

Kumari bank ad

केशर रोका, प्यूठान । बांगेमरोठ सौतामारे–विड्डाँडा हुँदै अर्घाखाँचीको गोखुंगा जोड्ने साढे आठ किलोमिटर सडक पुरा भएको छ । सडक निर्माणको काम पुरा भएपछि विहिवार औपचारिक कार्यक्रम गरी नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापा र प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा बहादुर के.सी.ले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।

दुवै जिल्लाको संगमस्थल अर्घाखाँची गोखुंगाको कालुकादिपमा आयोजित उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी थापाले बाटोको थप स्तरोन्नतीका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । ‘दुवै जिल्ला जोड्ने सडकलाई मितेरी सम्बन्धको रुपमा विकास गर्नुपर्छ, उनले भने, सडक पुगेर मात्र गाउँको विकास हुँदैन । गाउँमा स्थानीय बस्तुहरुको उत्पादन गरि निकासी गर्नतर्फ समेत जोड गर्नुस् । विकासको मुुद्दामा सवै राजनीतिक दलले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

ऋणमै भएपनि दुवै जिल्लाका उपभोक्ताहरुले यसवर्ष सडक निर्माणको काम पुरा गरेको उपभोक्ता समितिका अध्यक्ष इमानसिंह के.सी.ले बताए । आर्थिक वर्ष २०६८/०६९ देखि सडक निर्माणको काम थालिएको बताउँदै उनले ऋण तिर्नका लागि सम्वन्धित निकायबाट सहयोग हुनुपर्नेमा आग्रह गरे ।

वर्षौदेखिको गाउँमा गाडी गुडाउने सपना पुरा भएको छ,उनले भने, ऋणै ऋणमा भएपनि बाटो पुरा गरेका छौँ । सडक निर्माणको काम थाल्दादेखि हालसम्म ३२ लाख १२ हजार ६ सय ५० रुपैयाँ खर्च भएको उनले जानकारी गराए । ६ लाख ७२ हजार ५ सय रुपैयाँ ऋण रहेको उनले बताए । सडक निर्माणका लागि गाउँलेले ६ लाख १९ हजार ५ सय ३० रुपैयाँ बरावरको जनश्रमदान गरेका छन् ।

गाविस, जिविस, प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिरा वहादुर के.सी.र सांसद् दुर्गा पौडेलको ‘सांसद् विकास कोष मार्फत सडक निर्माणमा सहयोग भएको उपभोक्ता समितिका सचिव श्रवण के.सी.ले बताए । सौतामारे फेदी–रागामारे हुँदै अर्घाखाँचीको गोखुंगा पुग्नका लागि २५ किलोमिटरको घुमाउरो सडक साढे ८ किलोमिटरमै सिमित भएको उनको भनाई छ ।

यस्तै, अर्घाखाँची जिविस, हंसपुर र गोखुंगा गाविसको गरी १३ लाख २२ हजार २ सय ४२ रुपैयाँ लगानी भएको उपभोक्ता समितिका अध्यक्ष दिनामणी पन्थीले जानकारी गराए । २ लाख ६२ हजार २ सय ४२ रुपैयाँ ऋण रहेको उनले बताए ।

सडक निर्माण गर्दा लागेको ऋण पुरा गर्न आफूले सक्दो प्रयास गर्ने कार्यक्रमका विशेष अतिथी एवं प्यूठान क्षेत्र नं २ का सांसद् हिरा बहादुर के.सी.ले प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षमा पनि यस सडकलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्ने समेत उनले जानकारी गराए ।

१९ चैत २०७२ / १ : ५५

वि.सं.२०७२ चैत १९ शुक्रवार १४:०१ मा प्रकाशित

You can share this post!

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...