back
NMB ad

दरबन्दी किटान : डेढ लाख शिक्षकको सरुवा ! कुन शिक्षक कहाँ (सूचिसहित)

Kumari bank ad

काठमाडौं । घर पायक र सुगम ठाउँमा मात्र शिक्षकहरु बस्ने गरेको आरोप लागिरहेका बेला सरकारले इतिहासमै पहिलोपल्ट ठूलो संख्यामा शिक्षकको सरुवा गर्ने भएको छ ।

शिक्षक सरुवाका लागि दरबन्दी मिलान र पुनर्वितरणका लागि किटान गरिएको पालिकागत दरबन्दी विवरण सार्वजनिक गरिएको छ । सोही अनुसार शिक्षक सरुवाका लागि सरकारले तयारी थालेको छ ।

सरकारले शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले दिएको प्रतिवेदनलाई लत्याएर शिक्षक दरबन्दी मिलान र पुनर्वितरण शुरु गरेको छ ।

विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि कार्यदल गठन गरेर सुझाब लिए पनि त्यसको उपेक्षा गर्दै प्रक्रिया शुरु गरिएको हो । सरकारले आगामी शैक्षिक सत्र अगाडि नै सक्ने गरी विद्यालय तह (बाल कक्षादेखि कक्षा १२ सम्म) का एक लाख ५२ हजार ५२३ शिक्षकको दरबन्दी मिलान प्रक्रिया शुरु गरेको जनाइएको छ ।

पालिकागत रुपमा दरबन्दी किटान भएको र शुरुमा पालिकागत रुपमै दरबन्दी मिलान र पुनर्वितरण हुने शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिएका छन् ।

त्यसपछि जिल्ला, प्रदेश हुँदै आवश्यक परेमा संघीयरुपमै दरबन्दी मिलान एवं पुनर्वितरण हुने जनाइएको छ । यसले विद्यार्थी संख्याका आधारमा दरबन्दीको समानुपातिक पुनर्वितरण मात्रै गर्ने शर्मा बताउँछन् ।

हेर्नुहोस् विवरण

२०७६ पुस ०१ गते प्रकाशित

वि.सं.२०७६ पुस १ मंगलवार १४:०४ मा प्रकाशित

You can share this post!

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...