back
NMB ad

कर्मचारीका लागि नयाँ नियम : अव हप्तामा ४० घन्टा काम गर्नुपर्ने, नगरे के हुन्छ ?

Kumari bank ad

काठमाडौं । सरकारले निजामती कर्मचारीले हप्तामा कम्तीमा ४० घन्टा काम गर्नुपर्ने नियम बनाएको छ । सरकारले संगठन संरचना र दरबन्दी पुनरावोलकनसम्बन्धी कार्यविधि पारित गरी प्रत्येक पदमा कार्यरत कर्मचारीका लागि सो नियम ल्याएको हो।

सरकारले पुनः संगठन तथा व्यवस्थापन ओएनएम सर्भे गरी संघमा दरबन्दी घटाउन कार्यविधि तयार गरेको हो। मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले संघमा कर्मचारीको दबरन्दी करिब ३२ हजार पुर्याउने तयारी भएको बताउँदै प्रत्येक कर्मचारीले ४० घन्टा काम गर्नुपर्ने नियमलाई आधार मानी दरबन्दीको संख्या निर्धारण हुने बताए ।

उनले भने, ‘निजामती सेवामा आकर्षण बढाउन तथा सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउन कर्मचारीको दरबदी घटाउन र कर्मचारीको सेवासुविधा बढाउने तयारी भएको छ।’ कार्यविधिमा कर्मचारीको तलबभत्ता सुविधा अन्तर्राष्ट्रिय औसतमा पुर्याउने र निजामती सेवामा आकर्षण बढाउने भनिएको छ ।

सूचना प्रविधिको प्रयोगबाट संगठनको अभिलेख व्यवस्थापन कार्य सरलीकरण, समयको बचत, स्थान व्यवस्थापन, कार्यदक्षतामा हासिल गर्ने संगठन तथा कार्यविधिलाई सूचना प्रविधिमा आाधारित बनाउने पनि उल्लेख गरिएको छ । (नागरिक दैनिकबाट)

२०७६ पुस ०४ गते प्रकाशित

वि.सं.२०७६ पुस ४ शुक्रवार ०८:३४ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...