back
NMB ad

आकासियो अण्डा र मासुको मूल्य, कति वृद्धि ?

Kumari bank ad

काठमाडौं । ह्याचरी उद्योगीले गरको आन्दोलनलगत्तै बजारमा ब्रोइलरको मासुको मूल्य आकासिएको छ । मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्य वृद्धि गरेका छन् ।

नेपाल अण्डा उत्पादक संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका छन्।

बजारमा ब्रोइलर कुखुरा पर्याप्त नरहेको राष्ट्रिय कुखुरा व्यवसायी संघको भनाइ छ । माग बढेपछि मूल्य वृद्धि हुनु स्वाभाविक भएको संघका अध्यक्ष गंगाबहादुर बीसीले बताए ।

‘१० दिनको अवधिमा करिब ४० लाख चल्ला मरेका छन्। ह्याचारी व्यवसायीको आन्दोलनले पनि मूल्यमा असर परेको देखिन्छ,’ उनले भने ।

ह्याचरी उद्यमीको राष्ट्रिय भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ गतेसम्म नष्ट गर्ने निर्णय गरेको थियो ।

मंसिर २९ देखि पुस ८ गतेसम्म कुनै पनि ह्याचरीबाट उत्पादित ब्रोइलर चल्ला, क्रोइलर चल्ला बिक्री वितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए ।

यसो गर्नु उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरूले उत्पादन बन्द गरेका थिए। त्यसलगत्तै बजारमा कुखुराको मासु महँगिएको हो ।

चार दिनअघि ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो २५० रहेको संघका अध्यक्ष बीसीले जानकारी दिए। खुद्रा बजारमा भने प्रतिकिलो २६० रुपैयाँमा बिक्री भएको थियो ।

आन्दोलनलगत्तै संघले प्रतिकिलो २७० रुपैयाँ निर्धारण गरेको थियो । बजारमा भने २८० रुपैयाँमा बिक्री भएको थियो। संघले अहिले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

२०७६ पुस ०९ गते प्रकाशित

 

वि.सं.२०७६ पुस ९ बुधवार ०९:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...