back
NMB ad

लेप्रोसी मिसनलाई नेपालीकरण गर्न नदिन भारतले २० लाख दिने प्रस्ताव गरेको खुलासा

Kumari bank ad

काठमाण्डौं । द लेप्रोसी मिसन नेपाल आनन्द वन अस्पतालका अध्यक्ष अशोक अधिकारीले भारतको प्रभाव अस्वीकार गरेको दावी गरेका छन् । भारतबाट संचालित लेप्रोसी मिसनलाई नेपालीकरण गर्न भएको छलफलमा भारतले व्यक्तिगत परियोजना दिएर नेपालमा काम गर्न दिन गरेको प्रस्ताव अस्वीकार गरेको अधिकारीले दावी गरेका हुन् ।

एसोसिएसन फर आइडिया नेपालले सात वटै प्रदेशका केष्ठ प्रभावित व्यक्तिका लागि गरेको पहिलो राष्ट्रिय भेलामा अध्यक्ष अधिकारीले २० लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव स्वीकार गरेको भए देशकै लागि सबैभन्दा ठूलो घात हुने स्मरण गरे ।

उनले ५ करोडबाट सुरु भएको द लेप्रोसी मिसन नेपालको बार्षिक बजेट अहिले ७५ देखि ८० करोड रुपैयाँको हाराहारीमा रहेको जानकारी दिए । उनले नाम मात्र सुव्वीनी भए नहुने भन्दै उभिन पनि सक्नु पर्ने उखान सुनाए । नेतृत्वलाई काम गर्न दिनुपर्छ, लडेकालाई उठ्न सिकाउनु पर्छ उनले भने, नेतृत्वसँग इमान्दार कार्यशैली हुनुपर्छ । आनन्द वन अस्पतालका डाक्टर प्रदीप साप्कोटाले उपचारमा आइदिन कुष्ठ प्रभावितलाई आग्रह गरे । घर दैलोमा गएर कुष्ठ प्रभावितको खोजी गर्दा पनि उपचारमा नआउने गरेको बताउँदै उनले रोग लुकाएर बस्न नहुने चेतना घर घरमा पुर्याउनु पर्नेमा जोड दिए ।

नेपाल जापान मैत्री समाजका अध्यक्ष दिलमान गौचनले सहयोग लिएर मात्र नहुने भन्दै उपलव्धी मुलक काम गरेर देखाउन सुझाव दिए । उनले वर्तमान आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनालाई सबैको साथ रहेकोमा खुशी व्यक्त गरे । शिक्षक राजकुमार घिमिरेले सेवा धन सम्पत्तीको मात्रै नहुने भन्दै मिठो मुस्कान नै सहयोग हुने बताए । आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुष्ठ प्रभावितलाई हेर्ने दृष्टिकोणमा पहिले भन्दा अहिले धेरै परिवर्तन भएको सुनाए । उनले कुष्ठ प्रभावितहरुलाई एक जुट भएर नेपालबाट कुष्ठ रोग शुन्यमा झार्ने अभियानमा खटिन आग्रह समेत गरे । आइडिया नेपालका कानूनी सल्लाहकार प्रह्लाद महतले संस्थामा बसेर कर्तव्य नभुली काम गर्न सल्लाह दिए ।

द लेप्रोसी मिसन नेपाल आनन्द वन अस्पतालमा आइडिया नेपालका सात वटै प्रदेशका कुष्ठ प्रभावितहरु भेला भएर भावी रणनीति निर्माणमा जुटेको आइडिया नेपालले जनाएको छ । आइडिया नेपालले सात वटै प्रदेशमा भरखरै गठन भएको प्रदेश समितिका पदाधिकारीलाई पहिलो पटक भेला गराएर रणनीति बनाउन लागेको हो ।

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार १२:०६ मा प्रकाशित

You can share this post!

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...