back
NMB ad

प्राइम बैंकको साधारण सभा हुने ठाँउ परिवर्तन, कहाँ हुँदैछ ?

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा हुने ठाँउ परिवर्तन भएको छ । अब बैंकको सभा पुस २५ गते बिहान १० बजे आर्मी अफिसर्स क्लब, सुन्धारा काठमाडौंमा हुनेछ ।

यसअघि बैंकले राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग ,काठमाडौंमा साधारण सभा गर्ने बताएको थियो । राष्ट्रिय सभागृहले हल उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि साधारण सभा हुने ठाउँ परिवर्तन गर्नुपरेको बैंकको भनाई छ ।

सभामा प्राइमले कैलाशलाई एक्वायर गर्ने प्रस्ताव पेश गर्दैछ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९४ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । यसर्थ, कैलाशको १०० सय कित्ता सेयर हुनेले अब प्राइमको ९४ कित्ता पाउनेछन् ।

सभाले एक्वायर सम्बन्धी सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

एक्वायरपछि प्राइम कमर्सियल बैंकको नामबाट कारोबार हुनेछ । प्राइमले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १६५ बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पनि सभामा पेश गरिदैछ ।

२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १०:४० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...