back
NMB ad

आँखा नदेख्ने माछाले झरना उक्लिएपछि …

Kumari bank ad

हालै थाइल्यान्डमा आँखा नदेख्ने प्रजातिको यस्तो माछा भेटिएको छ, जो मेरुदण्ड भएका चारखुट्टे स्तनधारी जन्तुजस्तै हिँडेरै झरनामा उक्लन सक्छ। अमेरिकाको न्युजर्सी इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकले ‘नेचर साइन्स रिपोर्ट’ नामको जर्नल उक्त माछाका बारेमा उल्लेख गरिएकोछ ।

करिब २० दिन अघि पत्ता लागेको यो माछा हातखुट्टा भएको जन्तुजस्तै हिँड्नसक्ने बताइएकोछ । पूर्ण अन्धकारमा उक्त प्रजातिका माछा ढुंगामा टाँसिन्छन् र हिँडेरै झरनामाथि उक्लिने बताइएकोछ । अन्य स्तनधारी जनावरको जस्तै यो माछाको मेरुदण्ड र कम्मरको हड्डी छ, जुन आपसमा जोडिएका छन्। यसले माछालाई गुरुत्वाकर्षणविरुद्ध आड दिन्छ र हिँड्न मांसपेसी प्रदान गर्छ ।

या माछा ब्लाइन्ड केभ प्रजातिको हो । थाइल्यान्डको झरनामा फेला परेको यो माछाको गतिविधिले जीवन समुद्रबाट जमिनतर्फ विकसित रूपमा फैलियो भन्ने थप आधार प्रदान गर्ने वैज्ञानिकहरु बताउँछन् ।

उक्त खोजमा संग्लग्न डा. सुवर्णरक्षाले थाई म्युजियममा उक्त माछाको संकलन फेला पारेका थिए। उनले त्यसको ‘हाइ–रेजुलुसन सिटीस्क्यानर’बाट तस्बिर लिएर अनुसन्धानमा संग्लग्न वैज्ञानिक ब्रुक फ्लाम्याङलाई पठाए। फ्लाम्याङले उक्त तस्बिरबाट माछाको ‘थ्री–डाइमेन्सन’ तस्बिर बनाइन्। यसरी हेर्दा माछाको आकार र त्यसको हड्डीको बनोट जमिनमा हिँड्ने स्तनधारी जन्तुको जस्तै देखेपछि उनी चकित खाइन्।

पानीबाट विकसित भएर हातगोडासहित जमिनमा हिँडडुल गर्न सक्ने सुरुआती जन्तु ‘टेट्रापोड’ भएको मानिन्छ। वैज्ञानिकहरूले ४० करोड वर्षअघि जमिनमा जन्तुहरू हिँडेको पदचिह्न फेला पारेका छन्। पोल्यान्डमा फेला परेको उक्त पदह्नि ‘टेट्रापोड’ले हिँडेरै बनाएको अनुमान छ। तर, अहिलेसम्म फेला परेको ‘टेट्रापोड’को सबैभन्दा पुरानो अवशेष ३७ करोड ५० लाख वर्ष मात्र थियो। यो पछिल्लो खोजले भने जमिनमा देखिएका ती ४० करोड वर्ष पुराना पदचिह्न टेट्रापोडको नभई माछाको हुनसक्ने सम्भावना बढेको छ।

२२ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २२ सोमवार ११:०९ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...