back
NMB ad

औद्योगिक क्षेत्र उद्योग सङ्घमा आयो नयाँ नेतृत्व

Kumari bank ad

पोखरा । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवशेनले विनोद शर्मा न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

सङ्घको १३ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा बलभद्र नकर्मी, द्वितीय उपाध्यक्षमा सुरेशबहादुर श्रेष्ठ र महासचिवमा रुद्रलाल श्रेष्ठ चयन भएका छन्।

सङ्घको सचिवमा दीपेन्द्र बस्ताकोटी र कोषाध्यक्षमा झलकनाथ आचार्य र सदस्यमा विश्वबन्धु थापा, श्रीराम पाण्डे, शक्ति पाण्डे, सुरेन्द्रबहादुर गोदार, फणीन्द्रराज शर्मा, सुरेश ध्वजु र देवीप्रसाद अर्याल रहेका छन्।

साधारणसभामा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले उद्योगमा विद्युत् भार कटौतीका कारण ठूलो नोक्सान भएको भन्दै यो समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिनुपर्ने बताए। नेपाल विकासको गतिमा अगाडि बढेको बताउँदै उनले अबको राजनीति आर्थिक समृद्धिको लागि हुनुपर्नेमा जोड दिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले नाकाबन्दीमा पनि आफ्नो उद्योग सञ्चालन गरेर उद्योगी व्यवसायीले राज्यलाई ठूलो गुन लगाएको बताए।

नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन समितिका महाप्रबन्धक नन्दकिशोर बस्नेत, नेपाल उद्योग महासङ्घका अध्यक्ष तिलप्रसाद भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा, बालाजु उद्योग सङ्घका अध्यक्ष देवलाल तामाङ, लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष कृष्णहरि भण्डारी लगायतले देशको आर्थिक समृद्धि र विकासका लागि उद्योगको विकास अपरिहार्य भएकोमा जोड दिए।

२२ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत २२ सोमवार १२:१२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...