back
NMB ad

अब उपत्यकाभित्र मासुका लागि जनावर काट्न नपाइने !

Kumari bank ad

काठमाण्डौँ । उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको छ। जनावर ल्याएर मासु तयार गर्दा निस्कने फोहर कम गर्न महानगरले यस्तो व्यवस्था गर्न लागेको हो । जुन ठाउँबाट जनावर ल्याइन्छ त्‍यहीबाट खान योग्य मासु मात्रै आयत गर्ने व्यवस्था गर्न लागिएको हो ।

महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यका खपत हुने अधिकांश मासुका लागि प्रयोग हुने जनावर बाहिरी जिल्लाबाट आयात गरिने हँदा जुनजुन जिल्लाबाट जनावर आयात गरिन्छ सोही जिल्लामानै फोहर व्यवस्थापन गरी सफा खानयोग्य मासु मात्र ल्याउन लागिएको हो ।

ुअब केही समयमानै विभिन्न जिल्लाबाट मासु प्याकिङ गरी खानयोग्य मात्र ल्याइने छ,ु प्रमुख श्रेष्ठले भने । श्रेष्ठका अनुसार जुन जिल्लाबाट मासु आयात गरिन्छ सोही स्थानमा मासुजन्य वस्तुबाट निष्कने दिसा, हड्डी, छाला, रौँलगायतका फोहरको व्यवस्थापन गरी ल्याइन लागेको हो । त्यसको लागि नेपाल सरकार, महानगरपालिका, मासु व्यवसायीको सहयोग आवश्यक पर्छ । यसले गर्दा उपत्यकावासीले सफा मासु खान पाउँछन् । मासु उत्पादन हुने गरेका जिल्लाको केही स्थानमा कोल्ड स्टोरको व्यवस्था गर्ने र मासुको प्याकिङ गरी उपत्यकामा ल्याइनेछ ।

मासु आयात गर्ने मुख्य जिल्लामा स्थानमा हेटौँडा, वीरगन्ज, बारा, चितवन रहेका भएपनि पछिल्लो समय धादिङ, नुवाकोटबाट पनि मासुजन्य जनावर आयात हुने गरेको छ ।

सिङ्गै जनावर ल्याई मासु तयार गरी बिक्री वितरण गर्दा फोहर अत्यधिक बढेकाले सम्बन्धित जिल्लामानै व्यवस्थापन गर्न लागिएको हो । साना ठूला सबै खालका जनावरको आयात गरिने मासुका लागि यो व्यवस्था लागू हुनेछ । काठमाडौँ उपत्यकामा भन्दा अन्य जिल्लामा फोहर व्यवस्थापनका लागि स्थान हुने भएको हुँदा यस किसिमको व्यवस्थापनको प्रक्रिया अघि बढाउन लागिएको हो । पछिल्लो समय कुखुराको मासुमा आत्मनिर्भर भएपनि खसी–बोकामा ७० प्रतिशत तथा राँगामा ६० प्रतिशत मासु भारतबाट आयात हुने गरेको छ ।

यसैबीच, महानगरपालिकाले काठमाडौँ उपत्यका र उपत्यका बाहिर रहेका बधशालाको अनुगमन गर्ने भएको छ । अनुगमनको क्रममा अव्यवस्थित रहेका बधशालालाई व्यवस्थापन गर्न लगाइने पनि महानगरले जनाएको छ । सुनसरी, वीरगन्ज, नेपालजन्ज, बर्दिया, धनगढी र मलङ्गवा बढी मात्रामा मासु आयात गर्ने स्थान रहेकाले सोही स्थानमा रहेका बधशालाको विशेष अनुगमन गरिनेछ । सञ्चालित सबै बधशालाले साना ठूला गरी दैनिक २०० वटा मासुजन्य पशुको बध गर्नसक्ने क्षमता रहेको छ ।

काठमाडौँ उपत्यकाको अनुगमन पछि यहाँ रहेका बधशालालाई कोल्ड स्टोर बनाइने पनि महानगरले बताएको छ । अहिले काठमाडौँमा विष्णुमती र बागमती नदीको किनारमा ठूला जनावरको लागि बधशाला बनाई मासु तयार गर्ने गरिएको छ ।

२३ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २३ मंगलवार १०:४९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...