back
NMB ad

एक अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक, ब्याजदर कति ?

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले एक अर्ब रूपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ‘एभरेष्ट बैंक डिबेन्चर २०८३’ जारी गर्ने भएको हो । ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत छ ।

बैंकले सर्वसाधारणका लागि ४० करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्नेछ भने बैंक आफैंले ६० करोड रूपैयाँको बिक्री गर्ने छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ। एभरेष्ट बैंकको यो तेस्रो ऋणपत्र हो ।

८ प्रतिशत ब्याजदरका दुईवटा ऋणपत्र ‘एभरेष्ट बण्ड २०७८’ र ‘एभरेष्ट बण्ड २०७९’ छन् । २०७९ मा सकिने ऋणपत्रको आकार ४६ करोड ७८ लाख रूपैयाँ र २०७८ मा सकिते ऋणपत्रको आकार ६० करोड रूपैयाँको छ ।

अहिले निष्कासन गर्न लागिएको ऋणपत्र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा भएको व्यवस्थाको कार्यान्वयन हो । मौद्रिक नीतिमार्फत सबै वाणिज्य बैंकहरूले चुक्ता पुँजीको कम्तिमा पनि २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नैपर्ने व्यवस्था गरेको छ ।

२०७६ पुस २५ गते प्रकाशित

वि.सं.२०७६ पुस २५ शुक्रवार १०:१४ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...