back
NMB ad

नेकपा प्रदेश-३ को निर्णय : राजधानी हेटौंडा, नाम बागमती

Kumari bank ad

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेश संसदीय दलले प्रदेश ३ स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेको छ ।

पाँच दिनसम्म हेटौंडामा बसेको दलको बैठकले शुक्रबार केन्द्रीय सचिवालको निर्देशन अनुसारै राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।

‘सबै माननीयले आफ्ना मत राख्नुभयो र हामी अन्नतः एउटै निष्कर्षमा पुगेका छौं’, उहाँले भन्नुभयो, ‘प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमतीमा सबै नेकपाका सबै माननीय एकमत भएर निर्णय गरेका हौं ।’

पुस २७ गतेभित्र मतदान प्रक्रियाबाट प्रदेशसभाबाट नाम र राजधानी टुङ्गो लाग्ने पौडेलले बताउनुभयो । उहाँका अनुसार नाम र राजधानीको प्रस्ताव भोली शनिबार प्रदेशसभामा दर्ता हुनेछ ।

पार्टी्भित्र प्रदेशको राजधानी र नामबारे फरक मत राख्ने माननीयले पार्टीभित्र आफ्नो लिखित मत राख्न पाउने निर्णय गरेको नेकपा ३ नम्बर प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो ।

‘पार्टीभित्र सबै साथीहरुले स्वतन्त्र मत राख्नुभएको छ, कसैको फरक मत भए लिखित मत राख्ने छुट दिएका छौं’, उहाँले भन्नुभयो, ‘तर प्रदेशसभामा भने फरक मत राख्न पाइदैन,नाम र राजधानीको एउटै मात्र प्रस्ताव जान्छ,यसमा सबै सहमत भएर निर्णय गरेका हौं ।’

प्रदेशसभा सदस्य तथा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी केन्द्रीय सचिवालयको निर्णय सुरुमा आफूलाई चित्त नबुझे पनि सबै साथीले आफ्नो धारण राखेपछि एउटै नाम र राजधानीको प्रस्ताव अघि बढाउन सहमत भएको बताउनुभयो ।

‘यो निर्णय र साथीहरुको फरक मत पार्टीको सम्पत्तिको रुपमा रहन्छ, हामी केन्द्रीय सचिवालयमा पनि पठाउँछौं’, उहाँले भन्नुभयो, ‘अब नाम र राजधानीबारे भने कसैको असहमति छैन ।’

प्रदेशसभा ३ मा कुल एकसय १० सदस्यमध्ये नेकपाका ८० प्रदेशसभा सदस्य छन । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

२०७६ पुस २५ गते प्रकाशित

वि.सं.२०७६ पुस २५ शुक्रवार १४:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...