back
NMB ad

१ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दै मध्य भोटेकोसी

Kumari bank ad

काठमाडौं । १०२ मेवा क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले प्राथमिक सार्वजनिक निस्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन उक्त आयोजनाले रू. १ अर्ब ५० बराबरको आईपीओ जारी गर्न मंगलवार नागरिक लगानी कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।

अव आयोजनाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २५ प्रतिशत सेयर निष्कासन गर्नका लागि प्रक्रिया अगाडि बढाउने छ ।

सम्झौताअनुसार आयोजनाले प्रभावित क्षेत्र बासिन्दाका लागि १० प्रतिशतका दरले ६० लाख कित्ता सेयर जारी गर्नेछ । यसैगरी सर्वसाधारणका लागि १५ प्रतिशतको ९० लाख कित्ता जारी गर्नेछ ।

कुल १ करोड ५० लाख कित्ता सेयरबापत रू. १ अर्ब ५० करोडबराबरको सेयर दोस्रो चरणमा सार्वजनिक निष्कासन गर्नका लागि आयोजनाले कोषसँग प्रत्याभूत सम्झौता गरेको हो ।

सम्झौतामा सेयरधनीतर्फ छुट्याइएको ५१ प्रतिशतको शतप्रतिशत असुल भएको उल्लेख गरिएको छ । बाँकी ४९ प्रतिशत शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कर्मचारीका लागि प्रथम चरणमा निष्कासन गरिएको थियो । जुन सेयर पुस ४ गते सम्ममा बाँडफाटसमेत भइसकेको छ ।

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ माघ ३ शुक्रवार १६:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...