back
NMB ad

लेनदेनको विषयलाई लिएर भयो विभत्स हत्या

Kumari bank ad

दाङ । घोराही निवासी ३८ वर्षीय विष्णु महरालाई लेनदेनको विषयका कारण सौँडियार–३ निवासी २९ वर्षीय मिहाल भनिने खिमबहादुर डाँगीले गाडीको प्रयोग गरेर विभत्स हत्या गरेको दाङ प्रहरीले जानकारी दिएकोछ ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश शर्माले हिजो विहीबार पत्रकारसम्मेलन गरेर घटनाबारे जानकारी दिएका हुन् । प्रहरीका अनुसार महराबाट डाँगीले व्यक्तिगत रुपमा १५ लाख रुपैयाँ सापटी लगेका थिए। उक्त रकम फिर्ता गर्नुपर्ने भएपछि डाँगीले उनको हत्या गरेको हुन् ।

महराको हत्या गर्नका लागि आरोपित डाँगीले घोराही–११ निवासी पदम शर्माको वा ९ च २९३ नम्बरको टोयोटा हाइलक्स गाडी एक घन्टाका लागि काम छ भन्दै गत चैत १५ गते बेलुका ८ बजे लगेको र सोही गाडी प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

रोल्पा जेदवाङ–३ स्थायी घर भई हाल घोराहीमा आफन्तको घरमा बस्दै आएका महरा गत चैत १६ गते घोराही–४ को चौघेराको डवरीमा गाडीले किचेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए।

२६ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २६ शुक्रवार ११:१६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...