back
NMB ad

किन दियो महानगरपालिकाले साझा बसलाई ८ करोड ?

Kumari bank ad

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले साझा यातायातलाई ८ करोड रुपैयाँ बराबरको चेक प्रदान गरेको छ । हिजो आइतवार महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले साझाका कायममुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेलाई सो चेक हस्तान्तरण गरेका हुन् ।

महानगरको यातायात व्यवस्थित बनाउन ठूला बस सञ्चालन गर्न ती दुई निकायबिच यसअघि भएको समझदारी अनुसार महानगरपालिकाले साझालाई चेक हस्तान्तरण गरेको हो ।

महानगर र साझाको शहरी यातायात सञ्चालन सम्बन्धी सम्झौतामा शुरुमा महानगरले २ करोड रुपैयाँ उपलब्ध गराउने, त्यसपछि साझाले बस खरीदका लागि काम थालनी गर्ने, बस खरीद प्रक्रिया अघि बढेपछि बाँकी ८ करोड रुपैयाँ साझालाई उपलब्ध गराउने उल्लेख छ । यसरी उपलब्ध गराइएको रकम बराबरको शेयर साझाले महानगरलाई उपलब्ध गराउने छ ।

साझाले बस खरीदका लागि ग्लोवल टेन्डर आवह्वान गरिसकेको छ । जसमा भारतीय अशोक लेलेण्ड छनौट भएको छ । भारतीय कम्पनीले साझालाई ३० ओटा बस उपलब्ध गराउने छ ।

२९ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २९ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...