back
NMB ad

श्रमिक महिला दिवसमा आदर्शद्वारा मानव सेवा आश्रमलाई दराज सहयोग

Kumari bank ad

बागलुङ । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले मानव सेवा आश्रम बागलुङलाई एक थान दराज उपलब्ध गराएको छ ।

घरबाट बाहिर रहेका नागरिकहरुको प्रभावकारी व्यवस्थापन गर्दै आएको मानव सेवा आश्रम बागलुङमा दराज आवश्यक रहेको जानकारी पछि महिला दिवसको अवसर पारेर दराज हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

दराज हस्तान्तरण कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अभियन्ता सुमिरा लामाले आश्रममा रहेका बालबालिकाहरुका लागि दराज आवश्यक रहेको बताउनुभयो । संस्थाको आवश्यकतालाई मध्यनजर गरेर आदर्श सञ्चार सहकारीले दराज उपलब्ध गराएको उहाँले धन्यवाद ज्ञापन गर्नु भयो ।

आदर्श सञ्चार संस्थाका महिला विकास उपसमितिका सदस्य दुर्गा खड्काले संस्थाले शेयर सदस्यको आर्थिक सामाजिक विकास लगायत समाजमा विभिन्न खालका रचनात्मक काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, सचिव ललिता थापाको सञ्चालन र सहसचिव सरस्वती खड्का परियारको स्वागतमा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा हुद आएका फरक फरक सोच र सन्देश सहितका कुनै पनि औपचारिक सभा समारोहहरु विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरसका कारण स्थगित भएका छन ।

वि.सं.२०७६ फागुन २५ आइतवार १९:३७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...