back
NMB ad

एशियादेखि यूरोपसम्मको शेयर बजार त्रासमा

Kumari bank ad

जापान । विश्व शेयर बजार रक्ताम्मे बनेको छ । साउदी अरब र रुसबीच मूल्य युद्ध छेडिएको आशंकमा लगानीकर्ताहरु त्रस्त बनेपछि सोमवार एशियादेखि यूरोपसम्म सारा बजार रातोमा आएको हो ।

सोमवार जापान बाहिर एशिया प्रशान्त क्षेत्रको एमएससीआई बृहत शेयर परिसचूचक ४ दशमलव ४ प्रतिशतले घटेको थियो ।  सूचकमा आएको यो कमी सन् २०१५ को अगष्टयताकै खराब हो । उक्त दिन बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक ५ दशमलव शून्य ७ प्रतिशतले घटेर १९ हजार ६९८ दशमलव ७६ अंकमा आएको थियो ।

अष्ट्रेलियामा पनि एएसएक्स २०० ७ दशमलव ३३ प्रतिशतले घटी ५ हजार ७६० दशमलव ६ अंकमा आएको थियो । सूचकमा आएको योसन् २००८ यताकै तीव्र दैनिक कमी हो ।

चीनमा साङहाई कम्पोजिट ३ दशमलव शून्य १ प्रतिशतले घट्दै २ हजार ९४३ दशमलव २९ अंकमा आउँदा हङकङमा हाङशेङ ४ दशमलव २३ प्रतिशतको कमीसहित २५ हजार ४० दशमलव ४६ अंकमा ओर्लियो ।

दक्षिण कोरियामा पनि कोस्पी परिसूचक ४ दशमलव १९ अंकले घटेर १ हजार ९ सय ५४ दशमलव ७७ अंकमा आइपुगेको थियो । सोमबार सिंगापुर, थाइल्याण्ड, ताइवान, भारतलगायत अन्य प्रमुख बजारमा पनि उच्च कमी आएको थियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ४ः४५ बजेतिर यूरोपमा पनि बजार रातोमै थियो । बेलायतमा फुट्सी ५ दशमलव ८२ प्रतिशतले घटी ६ हजार ८६ दशमलव १८ अंकमा आएको थियो ।

फ्रान्समा पनि क्याक ४० ६ दशमलव ५० प्रतिशतले घट्दै ४ हजार ८०५ दशमलव २३ अंकमा झरेको थियो । जर्मनीमा पनि डीएएक्स ६ दशमलव ४५ प्रतिशतले घटेर १० हजार ७९७ दशमलव १६ अंकमा ओर्लिएको थियो ।

इटालीमा सरकारले देशको उत्तरमा ठूलो क्षेत्र बन्द गर्ने आदेश दिएपछि त्यहाँका अधिकां शेयर बजार खुल्न सकेनन् । फुट्सी एमआईबी ९ दशमलव ७ प्रतिशतले घटेको थियो । यूरोपका अन्य बजार पनि रातोमा थियो ।

पछिल्लो समय शेयर बजारमा हड्बडी देखिएको छ । लगानीकर्ताहरुले साउदी अरब र रुसले के गर्लान् भन्ने नाप्न नसकेर यस्तो दरमा शेयर बेचिरहेका सेभेन इन्भेष्टमेन्ट म्यानेजमेन्टका सह–संस्थापक जष्टिन उर्कहर्ट–स्टिवर्ट बताउँछन् । एजेन्सी

वि.सं.२०७६ फागुन २६ सोमवार १८:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...