back
NMB ad

प्रधानमन्त्रीबाट पोखरा विमानस्थलको शिलान्यास

Kumari bank ad

पोखरा । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा निर्माण हुने भएको छ ।अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि बुधबार भव्य समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

चालीस वर्षदेखिको पोखरेलीको सपना साकार पार्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला चैत ८ गते विमानस्थलका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच सम्झौता भएपछि विमानस्थल निर्माणका लागि लगानीको टुंगो लागेको थियो।

शिलान्यास समारोहमा विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनी सीएएमसीका अध्यक्षसहितको चिनियाँ टोली उपस्थित भएका छन्। साथै सत्तारुढ दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका पूर्वअध्यक्ष वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाको उपस्थित भए।

पर्यटनकर्मीसहित निजी क्षेत्रको टोली बुधबार एकै ठाउँ भेला भएका छन्। नगरपालिकाले टोल विकास संस्थालाई झाँकीसहित कार्यक्रममा उतारेको छ। सभासद रवीन्द्र अधिकारी संयोजकत्वमा गठित विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समिति अन्तर्गतका १४ वटा समिति शिलान्यासका लागि खटिएका थिए ।

प्रकाशितः २०७३ वैशाख १

वि.सं.२०७३ वैशाख १ बुधवार १६:२४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...