back
NMB ad

धादिङ मालपोत कार्यालयमा अख्तियारको स्टिङ अप्रेसन : घूससहित खरिदार र लेखनदास पक्राउ

Kumari bank ad

धादिङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार धादिङ मालपोत कार्यालयमा स्टिङ अप्रेसन गरेको छ । अप्रेशनमा एक कर्मचारी र एकजना लेखन्दास पक्राउ परेका छन्।

शुक्रबार ११ बजे मालपोत कार्यालय पुगेको अख्तियार टोलीले जग्गा रजिष्ट्रेसन फाँटमा खरिदार पदमा करार सेवामा कार्यरत नीलकण्ठ नगरपालिका–३ का सूर्य अधिकारी र श्रेष्ठ भू–सेवा केन्द्रका लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।

एक सहकारी संस्थाको जग्गा फकुवासम्बन्धी फाइलमा घुस मागेपछि लेखापढी व्यवसायी श्रेष्ठमार्फत अधिकारीले १७ हजार ५ सय नगद बुझेलगत्तै अख्तियार टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

रकम बरामद गरेको मुचुल्कामा अख्तियार टोलीले नीलकण्ठ नगरपालिका(३ का वडा अध्यक्ष होमनाथ रिजाललाई पनि साक्षी राखेको छ । अख्तियारको टोलीले कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा लिएलगत्तै मालपोत कार्यालयका सबै कर्मचारी मध्यान्ह १२ बजे नै कार्यकक्ष छाडेर निस्केका थिए ।

कार्यालय प्रमुख मालपोत अधिकृत पुरुषोत्तम भण्डारी गत २७ गतेदेखि नै बिदामा बसेका छन्। शुक्रबार भएको कारण ३ बजे बिदा हुनुपर्ने कार्यालय मध्यान्हदेखि नै कर्मचारीविहीन भएपछि काम भइसकेका सेवाग्राही पनि कागजपत्र लिन नपाएर अन्यौलमा परेका थिए ।

अख्तियारले छापा मारेपछि निमित्त कार्यालय प्रमुख रोशन गिरिसहित सेवाग्राहीको काम छोडेर कार्यकक्ष बाहिर निस्किए गएपछि सेवाग्राही मर्कामा परेका हुन् । नियन्त्रणमा लिएको दुवैजनालाई अख्तियार टोलीले काठमाडौं लगेको छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १९:५९ मा प्रकाशित

You can share this post!

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...