back
NMB ad

प्रहरीद्वारा बरामद १० लाख मास्क सुपथ मूल्यमा किन्न पाइने, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी राखेर बजारमा बिक्री वितरणका लागि पठाउने तयारी थालेको छ ।

यसका लागि महान्यायाधीवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सहितलाई बोलाएर बरामद मास्क सुपथ मूल्यमा सर्वसाधारणसम्म र्पुयाउन बैठक गरिरहेको छ ।

महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले बरामद मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो) प्रमाणका रुपमा राखेर बजारमा कुनै एउटा विश्वासिलो संस्थामार्फत बिक्री वितरणका लागि पठाउने तयारी भइरहेको बताए ।

“आईजीपी सहितको बैठक बस्दैछौं,” महान्यायाधीवक्ता खरेलले भने “सरकारी संस्था वा निकायमार्फत बरामद मास्क सर्वसाधारणले सुपथ मूल्यमा खरिद गर्न पाउने ब्यवस्थापन गदैछौं।”

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै नेपालमा रोकथामका लागि आवश्यक चिकित्सकीय सामाग्रीको अभाव सुरु भएको छ। प्रहरी–प्रशासन बजारमा मास्क र स्यानिटाईजरको कृतिम अभाव सृजना गरेर कालोबजारी भइरहेको तथ्यसँगै यस बिरुद्धको अभियानमा सक्रिय छन्।

उपचारमा संलग्न चिकित्सक, बिरामी र उसको नजिक रहने ब्यक्तिका लागि अति आवश्यक र अनिवार्य मानिएको चिकित्सकीय मास्कको बजारमा अभाव छ । यसले उपचारमा संलग्नहरू अप्ठेरोमा छन् ।

यही क्रममा काठमाडौं प्रहरीले तीन दिनमा करिब १० लाख भन्दा बढी मास्क बरामद गरेको छ। तर ती मास्कको कालोबजारीमा संलग्नहरूलाई पक्राउ गरेसँगै बरामद मास्क दशीका रुपमा जिल्ला प्रशासन कार्यालयमा थन्किएका छन्।

बजारमा मास्कको अभाव भइरहँदा लाखौं मास्क कानूनी अड्चनका कारण प्रशासनमा थन्किएका हुन्। कानून अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म ती मास्क दशीका रुपमा राख्नु पर्छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी सहसचिव जनकराज दाहाल बरामद मास्क बजारमा परल मूल्यमा बिक्री वितरणका लागि पठाउन कानूनी सल्लाह भइरहेको बताउछन् । उनका अनुसार यस बिषयमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्तासँग छलफल भइरहेको हिमाल खबर अनलाइनमा समाचार छ ।

“हामीले १० लाखभन्दा बढी मास्क बरामद गरेका छौं,” दाहालले भने “यी मास्क बजारमा पठाउन कानूनी अड्चन छ, कसरी फुकाउने छलफलमा छौं।” सहसचिव दाहालका अनुसार बरामद मास्क बजारमा पठाउनु अति आवश्यक रहेको ठहरसहित छलफलको तयारी भइरहेको छ।

सरकारी वकिल कार्यालयका अधिकारीहरू बरामद मास्क बजारमा पठाउन पक्राउ परेका अभियुक्तलाई नै उपयोग गरेमा र उनीहरू तयार भएमा मात्र सम्भव हुने बताउछन्।

जिल्ला सहन्यायाधिवक्ता नुमराज खनाल अनुसार बरामद मास्कका धनीमार्फत मुद्दा हेर्ने अधिकारी (प्रजिअ) ले अत्यावश्यक वस्तुको सूचीमा राखेर लिलामका लागि निवेदन दिन वा लिलामका लागि आदेश दिने अधिकार राख्ने बताउछन्।

त्यसपछि बरामद मास्क लिलाम गरेर बेचबिखनका लागि बजारमा पाठउन सकिन्छ । खनालका अनुसार लिलामबाट प्राप्त रकम धरौटी खातामा राख्ने र मुद्दाको किनारा लागेपछि सो रकम फैसला अनुसार तोकिनेछ ।

“फैसलामा दोषी ठहरेमा बरामद मास्कको लिलाम मूल्य जफत हुनेछ,” खनालले भने “ कसुर नठहरेमा धरौटी खातामा रहेको रकम आरोपीले पाउनेछन् ।”

वि.सं.२०७६ चैत ३ सोमवार १३:२३ मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...